nic bank
himalayan everesat
Nmb bank

कागतीको रिफ्रेसिङ्ग ताजा स्वादसहितको नयाँ स्प्राइट नेपाली बजारमा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

 

काठमाडौं । नेपालको लोकप्रिय लाइम–लेमन पेय पदार्थ स्प्राइटले कागतीको रिफ्रेसिङ्ग ताजा स्वादमा नयाँ स्प्राइट बजारमा ल्याएको छ ।

नयाँ स्वादको स्प्राइट लन्चको एक हिस्साको रूपमा कोका–कोला नेपालले नयाँ टेलिभिजन विज्ञापन लन्च गरेको छ जसमा स्प्राइटको ब्रान्ड एम्बेसडर अनमोल केसीलाई छायांकन गरिएको छ । गर्मीले थकित अनमोल केसी घर फर्किए सँगै विज्ञापन शुरु हुन्छ । घर पुग्ने बित्तिकै उनी भान्साकोठामा जान्छन् र चिसो स्प्राइटको चुस्की लिँदै तुरुन्तै रिफ्रेस हुन्छन् ।

युवा पुस्ताका लागि लक्षित यो विज्ञापनले “स्प्राइटसँग रिफ्रेस्मेन्ट” भन्ने सन्देश दिँदै दर्शकहरुलाई स्प्राइट पिउन उत्प्रेरित गर्छ ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘कोका–कोलामा हामी उपभोक्ताहरूको माग र रोजाई अनुसारको स्वाद प्रदान गर्न सँधै प्रयासरत छौँ । स्प्राइटले पहिलेदेखि नै उपभोक्ताहरुको तन र मन दुवैलाई स्फूर्ति प्रदान गर्दै आएको छ ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘कागतीको रिफ्रेसिङ्ग स्वाद भएको नयाँ स्प्राइट लन्च गर्न पाउँदा हामी निकै उत्साहित छौँ । हामीलाई विश्वास छ कि नेपाली उपभोक्ताहरूले नयाँ स्वादको नयाँ स्प्राइट लेमन मन पराईदिनुहुनेछ ।”

स्प्राइट नेपालले आफ्ना पारखीहरुका लागि थुप्रै सरप्राइजहरु पनि तयार पारेको छ । नयाँ स्प्राइट उपभोक्ताहरूको माग अनुसार विभिन्न साइज र बोतलहरूमा उपलब्ध छ । ग्लास बोतलमा स्प्राइट १७५ मिलि तथा २५० मिलि र पेट बोतलहरूमा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर, २.२५ लिटरको प्याक साईजमा बजारमा उपलब्ध छ ।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....