CG Electronics
IME Life
Ncell NPL

नेपाली राइडर दीपक साह बने –याली अफ चाम्बा विजेता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित ‘¥याली अफ चाम्बा’ को ‘एक्स्ट्रिम (मोटो) २०२२’ को विजेता बनेका छन् । गत जुन १६ देखि १९ सम्म आयोजित सो प्रतियोगितामा उनी नेपालबाट एक्लो प्रतिस्पर्धी थिए ।

रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमा सवार भएर ¥यालीमा भाग लिएका साहले सो क्याटागोरीमा पहिलो स्थान हासिल गरेका हुन् । सो ¥याली अन्तर्गत पहिलो दिन चाम्बाको पुलिस ग्राउन्डमा टेस्ट राउन्ड भएको थियो । प्रतियोगितामा टु ह्विलरका साथै फोर ह्विलर गाडी समेत सहभागी थिए ।

दोस्रो दिन चाम्बाबाट लेग १ प्रारम्भ भयो । यो दिन १११ किलोमिटर ट्रान्सपोर्ट र ६७ किलोमिटर रेसका लागि तोकिएको दुरी थियो । तेस्रो दिन १४२ किलोमिटर ट्रान्सपोर्ट र ४८ किलोमिटर रेस थियो । तेस्रो दिन ११३ किलोमिटर ट्रान्सपोर्ट र ५० किलोमिटर रेस थियो । सबै गरी ३६६ किलोमिटर ट्रान्सपोर्ट र १६७ किलोमिटर रेस गरी ५३३ किलोमिटरको दुरी राइडरहरुले पार गरेका थिए । यस अनुसार इभेन्टको समग्र दुरी ५३३ किलोमिटर थियो भने प्रतिस्पर्धामा सहभागी हुने दुरी १६७ किलोमिटर थियो ।
ग्रुप डी अन्तर्गत पनि उनी २५० सीसी भन्दा माथिको क्याटागोरीमा सहभागी भएका थिए । यस अनुसार उनी ग्रुप डी क्लास ११ अन्तर्गत सहभागी भएका थिए । यो समूहमा रोयल इन्फिल्डका साथै अन्य कम्पनीका बाइक पनि सहभागी थिए । सो रुटमा ग्राभेल, डर्ट, स्लस जस्ता हार्ड अफरोड सेक्सन हुन्छ भने कुनै ट्रयाकमा लाइट स्नो पनि हुन्छ ।

पुरस्कार

यसरी पहिलो स्थान हासिल गरेर उनले ट्रफी जितेका छन् । हिमाचल प्रदेशका मुख्यमन्त्री र विधायक लगायतले पुरस्कार वितरण गर्दा साहले ढाका टोपी र नेपाली झन्डा भएको टिसर्ट लगाएका थिए । उनी नेपालबाट सहभागी भएको सुन्दा खुसी व्यक्त गर्दै उनीहरुले थप हौसला दिदै आगामी दिनमा समेत सहभागी हुन आग्रह गरे ।

लगातार जित

दीपकले पहिलो पटक सन् २०१७ मा भारतको लेह लद्दाखमा सम्पन्न रेड डी हिमालयमा भाग लिएका थिए । यो विश्वकै सबैभन्दा उच्च स्थानमा हुने मोटर स्पोर्ट्स इभेन्ट हो । पहिलो पटक भाग लिने क्रममै उनको खुट्टा भाचिएको थियो । उनले केही समय आराम गर्नुपरेको थियो ।

अर्को वर्ष २०१८ मा उनले रोयल इन्फिल्ड क्याटागोरीमा पहिलो स्थान हासिल गरेका थिए । रोयल इन्फिल्ड बिधामा सहभागी साहले रोयल इन्फिल्ड हिमालयन मोटरसाइकलमार्फत अन्य प्रतियोगीलाई पछि पार्दै आफूलाई पहिलो नम्बरमा दर्ज गर्न सफल भएका थिए । त्यो वर्ष उनले स्टेजमा नेपालको झन्डा फहराएर पुरस्कार ग्रहण गरेका थिए ।

अहिले पनि रोयल इन्फिल्डमै सहभागी भएर उनले अर्को सफलता हासिल गरेका छन् । बीचमा कोभिडका कारण कुनै पनि प्रतियोगिता आयोजना भएको थिएन ।

काठमाडौं देखि दिल्ली चण्डीगढ हुँदै चाम्बा

प्रतियोगितामा सहभागी हुन उनी जुन १० मा नै काठमाडौंबाट दिल्ली, चण्डीगढ हुँदै हिमाचल प्रदेश प्रस्थान गरेका थिए । काठमाडौंको २५ डिग्री, दिल्लीको ४४ डिग्री, चण्डीगढको उस्तै गर्मी, अनि ४ हजार ५ सय मिटर सम्मको उचाईमा अवस्थित साचपासको माइनस ५ डिग्री सेल्सियस सम्मको तापक्रममा समायोजना हुनु कम चुनौतीपूर्ण थिएन ।

चण्डीगढमा पुगेर बाइक लिए पछि उनले टायर, ह्यान्डल आदि मिलाए । चण्डीगढबाट पठानकोट करिब २६० किलोमिटर र पठानकोटबाट चाम्बा करिव १२० किलोमिटर छ । त्यसपछि एक जना मेकानिक्स र म्यानेजरको व्यवस्था गरेर उनी पठानकोट हुँदै चाम्बा पुगेका थिए । मेकानिक्सले बाइकको वारेमा सबै व्यवस्थापन गर्छन् भने म्यानेजरले अन्य सबै व्यवस्थापन । बाइक राइडरलाई अन्य कुरामा व्यवधान नहोस् भनेर मेकानिक्स र म्यानेजरको व्यवस्थापन आफैले गर्नुपर्छ ।

उनी ३ दिन अघि नै चाम्बा पुगेर पहिले नै तोकिएको ¥याली रुटको वारेमा अध्ययन गरे । यसबाट सो रुटको वारेमा ३ दिन सम्म रेकी गरेर आफूलाई तयार गरे । पहिलो दिन ग्रुप अनुसारका राइडर र राइडरको बाइक वारेमा सबै स्क्रुटिनी गरिन्छ । बाइक ¥यालीका लागि योग्य छ कि छैन भनेर सबै चेक गरिन्छ । यी सबै कार्य पश्चात मात्र उनी ¥यालीमा सहभागी भएका थिए ।

प्रतियोगिताको आयोजक

भारतको हिमाचल प्रदेशस्थित ब्राउन बियर मोटर स्पोर्ट्सले सो प्रतियोगिताको आयोजना गरको हो । सो प्रतियोगिताको रुटमा करिव ४ हजार ५ सय मिटर उचाईमा अवस्थित साचपास समेत रहेको छ । भारतको हिमाचल प्रदेश सरकारद्वारा स्वीकृत प्राप्त यो एक मात्र महत्वपूर्ण प्रतियोगिता हो । त्यसैगरी फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब्स अफ इन्डिया (एफएमएससीआई) बाट स्वीकृत प्राप्त प्रतियोगिता हो । यसबाट पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने आयोजकको भनाइ छ ।

पहिले पनि यस्ता प्रतियोगितामा भाग लिएर नेपालको नाम राखिसकेका हुनाले दीपकलाई सो इभेन्टका लागि आयोजकले नै निमन्त्रणा गरेका थिए । नेपालबाट सहभागी हुने भएकाले उनलाई विशेष सम्मान सहित प्रतियोगितामा लाग्ने रजिष्ट्रेशन शुल्का उनलाई केही छुटको समेत व्यवस्था समेत गरिएको थियो । यद्यपि अन्य सबै खर्च भने दीपकले व्यक्तिगत रुपमा नै व्यहोरेका थिए ।

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’ योजना सार्वजनिक

आइएमई र सामसङ नेपालको सहकार्यमा ‘रेमिटमा बेनिफिट’...

वि.सं.२०८३ वैशाख २६ शनिवार १४:१४

  काठमाडौं  । आइएमईले वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका...

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १...

वि.सं.२०८३ वैशाख २६ शनिवार १३:५८

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा...

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन आवश्यक छ : सचिव भुजेल

सहकारीको वित्तीय कारोबारलाई व्यवस्थित बनाउन वैज्ञानिक ऐन...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५७

  काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका...

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङस्थित विद्यालयका विद्यार्थीलाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:५०

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड ले आफ्नो...

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा उपचार शुल्कमा १५ प्रतिशत छुट

नेपाल बैंकका ग्राहकलाई बि एण्ड बि हस्पिटलमा...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:४५

  काठमाडौंमा नेपाल बैंक लिमिटेड र बि एण्ड बि हस्पिटल...

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

अनामनगरमा ‘एभरेस्ट कफी बिन्स’को नयाँ फ्रेन्चाइज सञ्चालनमा

वि.सं.२०८३ वैशाख २५ शुक्रवार २२:३८

  काठमाडौं । काठमाडौंस्थित अनामनगर (सिंहदरबार पूर्वीगेट) मा संकल्प इन्भेस्टमेन्ट...