CG Electronics
IME Life
NIMB

होटल बाराहीलाई पोखरा उद्योग वाणिज्य संघको उत्कृष्ट उद्योगको सम्मान

NIMB
Himalayan Bank

काठमाडौं । हस्पिट्यालिटीको क्षेत्रको पायोनियर पौडेल परिवारले सञ्चालन गरेको पोखराको होटल बाराहीले उत्कृष्ट उद्योगको सम्मान प्राप्त गरेको छ । पोखरा उद्योग वाणिज्य संघले प्रदान गरेको उक्त सम्मान गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले बाराही ग्रुपका निर्देशक वैभव पौडेललाई हस्तान्तरण गरेका छन् ।

होटल बाराही ४ दशक अगाडि पोखराको लेकसाइडमा हरिप्रसाद पौडेलले सुरु गरेका हुन् । पौडेलले हस्पिटालिटी क्षेत्रमा देखाएको बाटो पछ्याउँदै उनका छोराहरू विप्लव र वैभव आफ्नो बुवाको पदचाप पछ्याउँदै सोही व्यवसायमा आबद्ध छन् ।

सामान्य स्तरबाट सुरु भएको बाराहीमा शुरुवाती चरणमा प्रतिकोठा १० रुपैयाँ मात्र चार्ज रहेको निर्देशक पौडेलले बताए । पर्यटन विभागबाट चार तारे होटलको मान्यता पाएको बाराहीमा अहिले ८० कोठा रहेका छन् भने जहाँ एकैपटकमा दुई सय जनासम्म बास बस्न सक्छन् ।

आकर्षक स्विमिङ पुल र गार्डेन रहेको होटलमा कन्फ्रेन्स हल, डेस्टिनेसन वेडिङ र अन्य इभेन्ट्स गर्न सकिने सुविधा पनि रहेको छ ।

बाराही ग्रुपको लगानीमा चितवनमा बाराही जंगल लज, पोखरामा व्यञ्जन रेस्टुरेन्ट, सराङकोट माउन्टेन लज, आवास पोखरा, द बिच बार एन्ड लज, जिम सञ्चालनमा छन् भने काठमाडौँको ठमेलमा चार तारे बाराही काठमाडौँ सञ्चालनको तयारीमा रहेको छ ।

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...