Dish Media Network
global ime bank
machapuchhare  bank

ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा फिल्म निर्माण हुने 

sunrise bank
shangrila  bank
RBB

Laxmi Bank
machapuchhare  bank
SEBON  SKIP

 

काठमाडौ । नेपाली विद्यार्थीहरुको सपनाको देश अष्ट्रेलियाको ठूलो शहरमध्येको एक सिड्नी नाममाथि नेपाली फिल्म ‘सिड्नी’ निर्माण हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा बन्न लागेको फिल्मको आइतबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो । आगामी बैशाख छेकोबाट छायांकन सुरु हुने फिल्ममा सविन श्रेष्ठ र रीमा विश्वकर्माको जोडी बाँधिनेछ ।

ओमाईगड इन्टरटेन्मेन्ट र आचार्य ब्रदर्सको संयुक्त ब्यानरमा निर्माण हुने फिल्मको २० प्रतिशत नेपालमा र ८० प्रतिशत सिड्नीमा छायांकन हुनेछ । छायांकनमा निस्कनुअघि फिल्मका लागि अन्य कलाकार छनोट गरिने निर्देशक श्रेष्ठले जानकारी दिए । फिल्मले नेपालदेखि अष्ट्रेलियासम्मको कथा बोल्नेछ । मुलतः फिल्म अष्ट्रेलिया पुगेपछि नेपालीले गर्नेपर्ने संघर्षको कथामाथि निर्माण हुनेछ ।

अम्बर रसाइली प्रस्तुतकर्ता रहेको फिल्मको निर्मातामा चोला बहादुर आचार्य र भीमराज रसाइली छन् । युगलध्वज कार्कीको लेखन रहेको फिल्मलाई हरि बहादुर घलेले छायांकन गर्नेछन् । फिल्मको प्रोडक्सन डिजाइनरमा शंकर पाण्डे छन् । एक्सन तथा थ्रिलर जनरामा निर्माण हुने फिल्म स्तरीय बन्नेमा प्रस्तुतकर्ता रसाइली विश्वस्त देखिए । फिल्मको कथावस्तु राम्रो रहेको उनको दाबी छ ।

कार्यक्रममा सविनले आफू एक्सन भूमिकामा देखिने संकेत गरे । उनले भने, ‘हुन त मैले यसअघि पनि धेरै एक्सन फिल्म गरेको छु । तर, यसपटक केही फरक देख्न पाइनेछ । मैले निर्वाह गर्ने भूमिका पनि पृथक लाग्न सक्छ ।’ त्यस्तै, रीमाले कथावस्तुले आफूलाई फिल्ममा काम गर्न आकर्षित गरेको बताइन् । सविनसँग पहिलो पटक फिल्ममा स्क्रिन शेयर गर्न उनी उत्साहित देखिएकी छन् ।

ADBL
prabhu bank

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न सकिन्छ नविकरण दस्तुर

बीमा प्राधिकरणले अभिकर्ता र सर्भेयरको अनलाइनबाट तिर्न...

वि.सं.२०७९ चैत ७ मंगलवार १९:१९

  काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायकमाफर्त बीमा प्राधिकरणले सर्भेयर...

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् : उपसभापति गुरुङ

रेमिट्यान्सको पैसाले माला लगाएर विकास हुदैन् :...

वि.सं.२०७९ चैत ७ मंगलवार १८:४२

  काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले, रेमिट्यान्सको पैसाले...

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ : पूर्व गर्भनर चिरन्जीबी नेपाल

व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छ...

वि.सं.२०७९ चैत ६ सोमवार ०९:५२

  देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा...

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या समाधान गर्न चन्द्र ढकालको सारथी भएर वरिष्ठमा आउँदैछु : उमेशलाल श्रेष्ठ

व्यवसायीको समस्या सुक्ष्म रुपमा बुझेको छु, समस्या...

वि.सं.२०७९ चैत ५ आइतवार १४:३२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका...

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना सुरु

नेपाल चलचित्र कलाकार संघको मतदान सम्पन्न, मतगणना...

वि.सं.२०७९ चैत ५ आइतवार ०८:०७

  काठमाडौं । नेपाल चलचित्र कलाकार संघको मतगणना सुरु भएको...

बैंकको व्याजदर विरुद्ध आज पनि काठमाडौंमा प्रर्दशन : बैंक नै बन्द गर्ने चेतावनी

बैंकको व्याजदर विरुद्ध आज पनि काठमाडौंमा प्रर्दशन...

वि.सं.२०७९ चैत ४ शनिवार १८:३०

काठकाडौं । बैंकको चर्को व्याज दर र ज्यादती बढेको भन्दै...