NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

प्रभु बैंककाे वित्तीय विवरण सार्वजनिक, १ अर्ब १९ करोड माथि खुद नाफा आर्जन

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपश्चात् प्रभु बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खुद नाफा ४.९२ प्रतिशत घटेर १ अर्ब १९ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २६ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २०.०३ प्रतिशत बढेर ३ अर्ब ३९ करोड ८ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी १५.७३ प्रतिशत बढेर ४ अर्ब ३५ करोड ९४ लाख रुपैयाँ, सञ्चालन नाफा १२.५२ प्रतिशत घटेर १ अर्ब ६३ करोड ४१ लख रुपैयाँ र वितरणयोग्य नाफा ३६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा बैंकको चुक्ता पूँजी ८५.२५ प्रतिशत बढेर २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ, जगेडा कोष ४६.६९ प्रतिशत बढेर ९ अर्ब ४४ करोड रुपैयाँ, निक्षेप ५१.६५ प्रतिशत बढेर २ खर्ब ७० अर्ब ९२ करोड रुपैयाँ र कर्जा ६८.७९ प्रतिशत बढेर २ खर्ब ४५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ ।

बैंकको नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ६७ पैसा घटेर १० रुपैयाँ १९ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २०.७ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ १२ पैसा रहेको छ ।

प्रभु बैंक र सेञ्चुरी बैंकबीच गत पुस २६ गते एकिकृत कारोबार सुरु भएको हो ।

 

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...