CG Electronics
IME Life
NIMB

एनएमबि बैंकको वित्तीय विवरण सार्वजनिक,१ अर्ब ९० करोड माथि खुद नाफा आर्जन

NIMB
Himalayan Bank

 

काठमाडौं । एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुष मसान्तसम्म १ अर्ब ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकको नाफा गत आवको तुलनामा सामान्य बढ्न पुगेको हो ।

यो नाफा गत आर्थिक वर्षको यसै अवधिसम्मको तुलनामा ११ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म बैंकले एक अर्ब ७१ करोड रुपैयाँ नाफा कमाएको थियो । यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ६३ करोड ९७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा बैंकले १ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८३ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकले पुससम्ममा ४ अर्ब २६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकले ४ अर्ब ७७ करोड रुपैयाँ खुद संचालन मुनाफा आर्जन गरेको छ ।

हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड रुपैयाँ, रिटर्न अर्निङमा १ अर्ब २३ करोड रुपैयाँ र रिर्जभमा ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ । पुस मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ७० पैसा, नेटवर्थ प्रतिसेयर १ सय ४८ रुपैयाँ १० पैसा छ। बैंकको खराब कर्जा अनुपात २.२४ प्रतिशत, कर्जा निक्षेप अनुपात ८७.२७ प्रतिशत, आधार दर १०.६८ र स्प्रेड दर ४.१९ प्रतिशत छ ।

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरु

सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा...

वि.सं.२०८३ साउन ९ शनिवार १३:५५

  रोजगार प्रवर्द्धन: कार्यक्रमले उदीयमान प्रविधि शिक्षालाई उद्योग एक्सपोजर र...

सिटिजन्स बैंक र नियो भर्स प्रा.लि. (नेओटेरिक नेपाल) बीच समझदारी

सिटिजन्स बैंक र नियो भर्स प्रा.लि. (नेओटेरिक...

वि.सं.२०८३ साउन ९ शनिवार १३:४७

  काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स...