CG Electronics
IME Life
NIMB

नेप्सेमा सूचीकृत ५८ लघुवित्त मध्ये ३४ लघुवित्तले घोषणा गरे लाभांश, कुनको कति प्रतिशत ?

NIMB
Himalayan Bank

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा सूचीकृत ३४ लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । नेप्सेमा सूचीकृत ५८ वटा लघुवित्तमध्ये हाल (शुक्रबार)सम्म ३४ वटाले लाभांश घोषणा गरेका हुन् । अझै २ दर्जन लघुवित्तको लाभांश घोषणा हुन बाँकी छ ।

 

लघुवित्त कम्पनीले औषतमा २५ प्रतिशत लाभांश दिने घोषणा गरेका छन् । अधिकांश लघुवित्तहरुले बोनस सेयर वितरणलाई जोड दिएका छन् ।

 

लाभांश घोषणा गरेका ३४ लघुवित्तमध्ये सबैभन्दा धेरै जाल्पा लघुवित्त वित्तीय संस्थाले गरेको छ । जाल्पाले गत आवको मुनाफाबाट ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरी कुल ७६.८४ प्रतिशत लाभांश घोषणा गरेको छ ।

 

सबैभन्दा कम लाभांश घोषणा गर्नेमा गुराँस लघुवित्त रहेको छ । गुराँसले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद गरी ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

 

यी हुन् ३० प्रतिशत माथि लाभांश दिने लघुवित्त

गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका ३४ मध्ये ७ वटा लघुवित्तले ३० प्रतिशत माथि लाभांश घोषणा गरेको छन् । जाल्पासहित उपकार, महिला, नेशनल, फरवार्ड, आँधिखाेला र सीवाइसी नेपालले ३० प्रतिशत माथि लाभांश घोषणा गरेका छन् ।

 

यीमध्ये फरवार्ड, सीवाइसी, आँधिखोला लघुवित्तले साधरण सभा प्रयोजनका लागि बुकक्लोज गरिसकेका छन् । बाँकी ४ लघुवित्तले लाभांश प्रयोजनका लागि अझै बुकक्लोज गरेका छैनन् । तसर्थ, अझै सेयर किन्दा ४ लघुवित्तको लाभांश पाइन्छ ।

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...