CG Electronics
IME Life
NIMB

दुई दर्जन कम्पनीको साधारणसभा माघ र फागुनमा, कुन-कुनले सेयरधनीको पार्दैछन् हातखाली ?

NIMB
Himalayan Bank

 

काठमाडौं । विभिन्न १६ बढी कम्पनीले माघ र फागुनमा बार्षिक साधारण सभा बोलाएका छन् । साधारण सभा बोलाएका कम्पनीमध्ये केहीले भने सेयरधनीका हात खाली बनाएका छन् । अधिकाश कम्पनीले लगानीकर्तालाई लाभांश दिएका छन् ।

 

शिखर इन्स्योरेन्सले माघ २५ गते १७ र १८ औैं सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट १६ प्रतिशत बोनस र ०.८४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाका लागि कम्पनीले माघ १७ गतेका लागि बुक क्लोज गरेको छ । १६ गतेसम्म कायम रहेका सेयरधनीले लाभांश पाउनेछन् ।

 

यस्तै युनियन लाइफ इन्स्योरेन्सले माघ २६ गतेका लागि पाँचौ सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ८.९७ प्रतिशत बोनस दिने प्रस्ताव गरेको छ । यस्तै प्राइम र गुँरास लाइफ इन्स्योरेन्सलाई गाभ्ने गाभिने प्रस्ताव गरेको छ । सभाका लागि कम्पनीले माघ १६ गते बुक क्लोज गरेको छ । १५ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन्।

 

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले माघ २७ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ६.५० बोनस र कर प्रयोजनका लागि ०.३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । कम्पनीले सभाका लागि माघ २० गते बुक क्लोज गर्ने भएको छ । १९ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

अरुण भ्याली हाईड्रोपावरले माघ २७ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ८ बोनस सेयर र कर प्रयोजनका लागि ०.४१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

माघ २७ गतेका लागि सभा बोलाएको सिन्धु विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ । नेरुडे लघुवित्त वित्तीय संस्थाले माघ २८ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट २२ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १७ देखि २८ गते सम्म बुक क्लोज गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

रिडी पावर कम्पनीले माघ २९ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ४० प्रतिशत बोनस र २.१० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ । माघ १७ गतेसम्म कायम रहेका सेयरधनीले उक्त लाभांश पाउनेछन् ।

 

तारागाँउ रिजेन्सी होटल्सले फागुन ३ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ८.४२ प्रतिशत नगद लाभांश दिने पस्ताव गरेको छ । कम्पनीले सभाका लागि माघ १८ गतेदेखि फागुन ३ गतेसम्म बुक क्लोज गरेको छ । १७ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

सिनर्जी पावर कम्पनीले फागुन ४ गतेका लागि सभा बोलाएको छ । सभाका लागि भन्दै माघ २५ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले सेयरधनीको हात खाली बनाएको छ ।

 

फागुन ५ गतेका लागि सभा बोलाएको बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । सगरमाथा इन्स्योरेन्सले फागुन ११ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सभाका लागि माघ २७ गते बुक क्लोज गर्ने भएको छ । माघ २६ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

लुम्बिनी जनरल इन्स्योरेन्सले पनि फागुन ११ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट ६.९९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ । यस्तै सगरमाथा र लुम्बिनीले एक आपसमा मर्जरमा जाने प्रस्ताव पनि गरेका छन् । कम्पनीले माघ २७ गतेका लागि बुक क्लोजको मिति तय गरेको छ । २६ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले फागुन १२ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट १९ प्रतिशत बोनस सेयर कर प्रयोजनका लगि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि भन्दै फागुन २ देखि १२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन १ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन्।

 

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले फागुन १३ गतेका लागि सभा बोलाएको छ । कम्पनीले आव २०७८/०७९ को नाफाबाट २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि फागुन २ गते बुक क्लोज गर्ने भएको छ । फागुन १ गतेसम्म कायम रहेका सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

यस्तै अपी पावर कम्पनीले फागुन १४ गतेका लागि सभा बोलाएको छ । कम्पनीले गत आवको नाफाबाट ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले सभाका लागि फागुन ४ गते बुक क्लोज गरेको छ । ३ गतेसम्म कायम रहेको सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

ज्योति विकास बैंकले फागुन १४ गतेका लागि वार्षिक साधारण सभा गर्ने बोलाएको छ । बिहीबार बसेको बै‌क सञ्चालक समितिको बैठकले फागुन १४ गते साधरण सभा बोलाउने निर्णय गरेको छ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकालीमा हुनेछ ।

 

सभामा आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस सेयर र कर सहित ३.८० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । उक्त प्रस्ताव सभाले पारित गरेपछि सेयरधनीले तोकेको लाभांश पाउनेछन् ।

 

यस्तै सभामा आव २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ।

 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।सभाका लागि बैंकले माघ २९ देखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । माघ २८ गतेसम्म कायम रहने सेयरधनीले मात्रै तोकेको लाभांश र सभामा भाग लिन पाउनेछन् ।

 

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...