CG Electronics
IME Life
Ncell NPL

महालक्ष्मी लाइफ इन्स्योरेन्सले कारोबार संचालनको चार वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कारोबार संचालनको चार वर्ष पुरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ । जीवन बीमा बजारमा सबैभन्दा कान्छो कम्पनीको रुपमा २०७५ साल माघ २७ गतेबाट कारोबार शुभारम्भ गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमितको हितमा उत्कृष्ट नतिजासहित अघि बढ्न सफल भएको छ ।

सञ्चालनको छोटो अवधीमा बीमितले पाउने बोनसदरमा नयाँ कम्पनीहरु मध्ये मात्रै नभई पुराना कम्पनीहरुलाई समेत टपेर उत्कृष्ट बोनस दर प्रदान गर्न सफल महालक्ष्मी लाइफले पाँचौं बार्षिकोत्सवको अवसरमा सिईओ रमेश कुमार भट्टराईले आगामी दिनमा अझै उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

कम्पनी स्थापना पछिको निरन्तर दुई वर्षको कोरोनाको अवरोधले पनि शाखा संजाल विस्तार र अभिकर्ता निर्माणमा कठिनाई नै भोग्दै चौथो वर्षगाँठ र पाँचौं बार्षिकोत्सव मनाउन सफल भएको छ। नेपालको जीबन बीमा बजारमा देखापरेको अनेकौ समस्या र कठिनाईको बीचमा रहेर बीमा सम्बन्धी जनचेतना अभिबृद्धि गर्न तथा गुणस्तरिय व्यवसाय सँगै कम्पनीको विस्वासनियता बृद्धिलाई प्राथमिकतामा राखेको कम्पनीले जनाएको छ ।

प्रत्येक घरमा एउटा जीवन बीमा, युवासँग महालक्ष्मी लाईफ र महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ जस्ता जनचेतना मूलक कार्यक्रम लिएर देशै भरी अभियान संचालन बीमा सचेतना कार्यक्रम संचालन गर्न सफल भएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत यी सबै कार्यक्रम संचालन गरेको कारण कारोबारमा निरन्तर बृद्धि संगै कम्पनीको राम्रो ब्राण्ड स्थापित गर्न सफल भएको कम्पनीले जनाएको छ।
त्यसैको फलस्वरुप प्रत्येक वर्ष मूनाफा संगै बीमितहरुलाई दिने बोनस दर पनि अन्य कम्पनी भन्दा राम्रो दिन सफल भएको छ ।

कम्पनीले गत आ।व। २०७८।७९ को पौष मसान्तको तुलनामा चालु आ।व। २०७९।८० को पौष मसान्त सम्ममा चुक्ता पूँजीमा ५०५, जगेडा कोषमा ६०।७ ५, जीवन बीमा कोषमा ५६।४५, महाविपत्ति कोषमा ४४।५५, कर्जा लगानीमा २९।५५, दाबी भुक्तानीमा ३८५ र मुनाफामा ३५।४५ ले बृद्धि गर्न सफल भएको छ ।

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:१५

युनाइटेड मोदी हाइड्रोपावरको १२ औं बार्षिक साधारणसभा सम्पन्न, संचालकमा अधिकारी...

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ !

गर्मीले होइन क्रम्टनको सिलिङ्ग फ्यान ले जित्छ...

वि.सं.२०८३ वैशाख २७ आइतवार २३:११

काठमाडौं । गर्मी बढ्नासाथ नेपाली घर, अफिस, होटल तथा व्यापारिक...

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि कारोबार १ खर्ब ८१ अर्ब नाघ्यो

नेपालको बिमा क्षेत्र : कम्पनी घटे पनि...

वि.सं.२०८३ वैशाख २७ आइतवार २०:४२

  काठमाडौं ।  बिमा क्षेत्रको निमायक संस्था नेपाल बिमा प्राधिकरणका...

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

आइजीआई प्रुडेन्सियलको बीमाकोष ७५ प्रतिशतले बढ्यो

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२७

  काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष...

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

प्रभु महालक्ष्मी लाइफको आम्दानीसँगै बढ्यो नाफा

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२२

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको...

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब नाघ्यो, व्यवसाय विस्तार जारी

हिमालयन लाइफको जीवन बीमा कोष ८६ अर्ब...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:२०

    काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक...