सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा
Saturday Feb 11, 2023
वि.सं.२०७९ माघ २८ शनिवार २०:४९
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट सेयरधनिलाई बोनस र नगद लाभांश दिने भएको हो ।
बैंकको बिहिबार बसेको संचालक समितिको नगद तथा बोनस लाभांश दिने घोषणा गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५३४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४४९ प्रतिशत नगद लाभांश गरि कुल ८.९८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंकको हाल चुक्ता पुँजी ३ अर्ब १ करोड ६ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।




























