सानिमा लाइफद्वारा १३ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
Saturday Feb 11, 2023
वि.सं.२०७९ माघ २८ शनिवार २०:५०
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक बीमितको हकवालालाई बीमा दाबी रकम भुक्तानी गरेको हो ।
कम्पनीका बीमित विष्णु दर्जीको असामायिक निधन पश्चात् उनकी श्रीमति बिमला दर्जीलाई कम्पनीले बीमा दाबी वापतको १३ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।




























