CG Electronics
IME Life
NIMB

सगरमाथा जलविद्युतको आइपीओ  विक्री खुला

NIMB
Himalayan Bank

 

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आज चैत ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय वासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब १२ करोडको १० प्रतिशत दरको ११ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र ३९ प्रतिशतले हुन आउने ४३ लाख ६८ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली ,कर्मचारी तथा सामूहिक लगानीकोष समेतका लागि विक्री गर्ने गरी नियामक निकायबाट स्वीकृति पाएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणतर्फको १० प्रतिशत शेयर बाँडफाँड गरिसकेको कम्पनीले कर्मचारी, सामूहिक लगानीकोषका लागि शेयर सुरक्षित गरी बाँकी शेयर सार्वजनिक निष्कासनमार्फत विक्री गर्न लागेको हो । कम्पनीले ५ प्रतिशत अर्थात् २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशत अर्थात १ लाख ३१ हजार ४० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ । यी वाहेक बाँकी ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सार्वजनिक निष्काशनमा आउन लागेको हो ।

यस शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । विक्री अधि छिटोमा चैत १२ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि चैत २२ गतेसम्म विक्री लम्बिनेछ । आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपि त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि– आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

 

 

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न, निर्माणले लियो तीव्र गति

मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम...

वि.सं.२०८३ असार २४ बुधवार २०:००

  काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी दिव्यज्योति...

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने...

वि.सं.२०८३ असार २३ मंगलवार ०८:३४

  काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले...

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी महिलाका लागि स्वास्थ्य शिविर तथा पौष्टिक आहार वितरण

सानिमा बैंकद्वारा सातै प्रदेशमा गर्भवती तथा सुत्केरी...

वि.सं.२०८३ असार १९ शुक्रवार ०९:४७

  काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR)...

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक; लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्श

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ‘डिजिटल लुम्बिनी’...

वि.सं.२०८३ असार १५ सोमवार ०७:१७

  बुटवल, असार २०८३ ।लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र...