Nabil Bank
Everest Bank Limited
prabhubank

विश्व क्षयरोग दिवस मनाइँदै,वार्षिक करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पिडित

मिडिया स्पेस सोलुसन्स प्रालि

 

 

काठमाडौं । सन् १८८२ मार्च २४ का दिन Dr. Robert Koch ले क्षयरोगको किटाणु पत्ता लगाएका थिए। यसको १०० वर्ष पछि सन् १९८२ मा International Union Against Tuberculosis and Lung Disease (UATLD) को सिफारिसमा २४ मार्चको दिनलाई क्षयरोगको किटाणु पत्ता लागेको १०० वर्ष पुगेको सन्दर्भ पारी विश्व क्षयरोग दिवसको रुपमा मनाईदै आएकोछ।

 

यस दिन संसारभरी क्षयरोगका कारण अकालमा मृत्यु भएका व्यक्तिहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्न, हाल क्षयरोग लागेका व्यक्तिको शिघ्र स्वास्थ्य लाभको कामना गर्न र भविष्यमा यस रोगबाट कसैले पनि मृत्युवरण गर्न नपरोस् भनि प्रतिबद्धता जाहेर गर्न यो दिवस मनाईदै आईरहेकोछ। यस वर्ष विश्व स्वास्थ्य संगठनले “Yes! We Can END 281” भन्ने मूल नारा तय गरेको छ र यस नाराका साथ संसारभरी विश्व क्षयरोग दिवस मनाईदैछ । नेपालमा पनि यो वर्ष हो। हामी क्षयरोग अन्त्य गर्छौं भन्ने मूलनारा तय गरी सप्ताहव्यापी रुपमा क्षयरोग दिवस मनाउने कार्यक्रम रहेको छ।

विश्व स्वास्थ्य संगठनको वार्षिक प्रतिवेदन २०२२ अनुसार सन् २०२१ मा संसारभरी ६० लाख पुरुष, ३४ लाख महिला र १२ लाख वालवालिका गरी करिब १ करोड ६ लाख मानिसहरु क्षयरोगबाट पिडित भएका थिए । क्षयरोग नियमित उपचारले निकोहुने रोग भएतापनि सन् २०२१ मा संसारभरी क्षयरोगका कारण करीव १६ लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।

 

नेपालमा पनि हरेक वर्ष नयाँ तथा पुराना गरी करीव ११७,००० क्षयरोगका बिरामी हुन्छन भने हरेक वर्ष क्षयरोगका ६९,००० नयाँ

बिरामीहरु थपिने र करिव १७,००० जनाको क्षयरोगका कारण मृत्यु हुने अनुमान गरिएको छ। गत आ.व. २०५८/७९ मा नेपालमा

३७,८६१ जना क्षयरोगका विरामीहरु उपचारमा दर्ता भएका थिए जस मध्ये, ६९.६% पुरुष, ३८.४% महिला र करिव ८.७%

बालबालिकाहरु (१५ वर्ष भन्दा कम उमेरका) रहेका थिए भने १९.५% क्षयरोगका बिरामीको उपचार सफलभइ निको भएका थिए ।

क्षयरोगका अनुमानित बिरामीको संख्या र उपचारमा आएका बिरामी संख्याको अनुपात हेर्दा हरेक वर्ष झन्डै ३२ हजार क्षयरोगका

बिरामीहरुमा रोग पत्ता लगाई उपचारको दायरामा ल्याउन सकिएको छैन । राष्ट्रिय क्षयरोग कार्यक्रमका लागी यो एक चुनौतीको

रुपमा रहेकोछ । नेपालमा औषधी प्रतिरोधी क्षयरोगका अनुमानित बिरामीको संख्या वार्षिक रुपमा करिव २,८०० रहेको छ । यो संख्या, नेपालको कूल जनसंख्याको अनुपातमा अत्यन्त धेरै हो । विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई पनि औषधी प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएका ३० देशको सूचीमा समावेश गरेको छ । आ.व. २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा १४२ जनामा औषधी प्रतिरोधी क्षयरोग पहिचान भएको थियो भने ६५९ जना मात्र उपचारमा दर्ता भएका थिए । यसरी अनुमानित औषधी प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको संख्या हेर्दा २ १०० जना भन्दा बढी औषधी प्रतिरोधी क्षयरोगका व्यक्तिहरुको रोग पत्ता लगाई उपचारमा ल्याउन नसक्दा क्षयरोग कार्यक्रममा थप चुनौती देखिएकोछ ।

समग्रमा, यी सबै चुनौतीहरुको सामना गरी क्षयरोग अन्त्यको लक्ष्य प्राप्त गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणको दिशा निर्देश र विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको क्षयरोग अन्त्यका रणनीतिलाई निर्देशक सिद्धान्त मानी पञ्चवर्षीय रणनितिक योजना २००८/७९ २०८२/८३ तयार गरी कार्यान्वयन भईरहेकोछ ।

यस रणनीतिक योजनाले, स्वास्थ्यसेवा प्रणालीको सुदृढीकरण गरी स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरीय क्षयरोग सेवाको विस्तार, मेडिकल कलेज, निजी स्वास्थ्य संस्था तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता प्राज्ञिक संस्थाहरूसँग साझेदारीको विकास, राष्ट्रिय क्षयरोग प्रेषण प्रयोगशालाको सुदृढीकरण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर सुनिश्चतता, देशका विभिन्न स्थानमा क्षयरोग प्रेषण प्रयोगशालाको स्थापना, जिनएक्सपर्ट र माइक्रोस्कोपिक केन्द्रहरुको रणनीतिक रूपमा विस्तार, स्वास्थ्य संस्थामा आधारित उपचार पद्धतिको सुदृढीकरण तथा समुदाय र परिवारमा आधारित डट्स सेवाको विस्तार, केन्द्रिय स्तरमा निर्माण सम्पन्न भएको छाती रोग अस्पतालको सञ्चालन, ७ वटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको स्थापना र क्षयरोग रोकथाम तथा उपचारसेवाको विस्तार, तथा स्वास्थ्य संस्थाहरुमा, क्षयरोगका बिरामीको विस्तृत विवरणमा आधारित विद्युतीय निगरानी प्रणालीलाई

 

सुद्धीकरण गर्दै जाने जस्ता रणनीति अधिकार गरेको छ । यी रणनीतिहरूलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि १० वटा कार्यनीतिहरु तय गरिएकाछन् । जसमध्ये क्षयरोग मुक्त नेपाल अभियानलाइ स्थानीयतहको स्वामित्व तथा समुदायको संलग्नतामा सुचीकरण गर्ने कार्यनीति एक प्रमुख कार्यनीति हो ।

क्षयरोग मुक्त नेपाल अभियानले क्षयरोग कार्यक्रमलाइ, राजनीतिक प्रतिबद्धता, समुदायको संलग्नता, अपनत्व र नेतृत्व विकास, गैह्रसरकारी र निजी क्षेत्रको सुदृढीकरण, स्थानीय श्रोतको परिचालन र एकीकृत कार्यक्रमको रुपमा सञ्चालन गरी प्रत्येक स्थानीय तहलाई क्षयरोग मुक्त घोषणा गर्दै क्षयरोग निवारणका लक्ष्यहरु हासिल गर्ने उद्देश्यका साथ विभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ।

 

गत आ.व. २०७८/७९ मा २५ वटा स्थानीय तहमा क्षयरोग मुक्त अभियानका क्रियाकलापहरु सञ्चालन भएका थिए। चालु आ. व २०७२/८० मा थप १०० स्थानीय तहमा कार्यान्वयनगरि यस अभियानलाई आगामी ४ वर्ष भित्रमा ७५३ वटै स्थानीय तहमा विस्तार गर्ने योजना रहेकोछ ।

समुदायमा अझै पनि क्षयरोगको बारेमा पर्याप्त जानकारी नभएको तथा क्षयरोग व्यवस्थापनमा उनीहरुको संलग्नताको आवश्यकता रहेकोछ । यो अवस्थामा सुधार ल्याउन, २ हप्ता वा सो भन्दा बढी समयसम्म खोकी लागीराख्नु, साँझपख ज्वरो आउनु, तौल घटदै जानु, खकारमा कहिलेकाहीं रगत देखा पर्नु र खाना खान मन नलाग्नु क्षयरोगका लक्षणहून भनि जनचेतना जगाउनुपर्ने हुन्छ ।

यसरी समुदायमा क्षयरोगका बारेमा जनचेतनामूलक सूचना प्रवाह गरी नेपाल सरकारले निशुल्क रुपमा उपलब्ध गराएको क्षयरोगको निदान तथा उपचार सेवाको अधिकतम प्रयोग गरी समयमै क्षयरोग पत्ता लगाउन र सबैलाइ उपचारको दायरामा ल्याउन पत्रकारज्यूहरुको महत्वपूर्ण भूमिका रहेकोछ ।

 

आ.व. २०७८/७९ मा राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत ८९६ माईक्रोस्कोपिक केन्द्रहरु, ९३ जिनएक्सपर्ट केन्द्रहरु, २ कल्चर तथा डि.एस.टि. र २LPA केन्द्र मार्फत क्षयरोग निदान सेवा प्रवाह गरिएको थियो भने ५९७१ डट्स केन्द्रहरु, २२ डी.आर. उपचार केन्द्र, ८१ डी. आर. उपचार उप-केन्द्रहरु र ७ डी.आर. होस्टेलहरू मार्फत क्षयरोको उपचार सेवा प्रदान गरिएको थियो।

यसका साथै खोजमूलक तथा तथ्यपरक सामाग्रीहरु नियमित रूपमा प्रकाशन गरी आम नागरिकहरुलाई क्षयरोगको निदान तथा उपचार सेवा बारे सुसूचित गराउन पत्रकार मित्रहरुमा अनुरोध गर्दछु र यहाँहरुले निर्वाह गर्नु भएको प्रभावकारी भूमिकाका लागि धन्यवाद दिन चाहन्छु ।

 

साथै, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, क्षयरोगका बिरामी, उहांहरुका परिवार लगायत सम्पूर्ण महानुभावहरु तथा संघ-संस्थाहरुलाई क्षयरोग कार्यक्रमलाइ प्रभावकारीरुपमा संचालनगर्न सहयोग गर्नुभएकोमा हृदय देखि धन्यवाद दिन चाहन्छु ।

 

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

‘जोखिमपूर्ण सम्पत्तिको व्यवस्थापनमा सहकार्य गरौं, मनोवल बढाऔं’

वि.सं.२०८१ असार ९ आइतवार १५:४७

    काठमाडौं । सरकार तथा बैंक तथा वित्तीय संस्थाका...

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु हुँदैन : पूर्व बैंकर क्षेत्री

जोखिमपूर्ण सम्पत्तिको ट्रेण्ड डरलाग्दो छ तर आत्तिनु...

वि.सं.२०८१ असार ९ आइतवार १५:३५

    काठमाडौं । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले बैंक...

बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो : गभर्नर अधिकारी

बैंकहरूले प्रभावकारी मनिटरिङ नगर्दा खराब कर्जा बढ्यो...

वि.सं.२०८१ असार ९ आइतवार १५:३२

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारीमा सुधार...

बुधवार देखि खुल्यो खड्गदेवी मन्दिर

बुधवार देखि खुल्यो खड्गदेवी मन्दिर

वि.सं.२०८१ असार ७ शुक्रवार २३:२०

    पुरातात्त्विक महत्वको प्राचिनकालीन मन्दिर खड्गदेवी मन्दिर २०८१ साल...

विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले के भने ?

विश्व बैंकको आइडीए-२१ बैठक समापन गर्दै अर्थमन्त्रीले...

वि.सं.२०८१ असार ७ शुक्रवार १८:४०

  काठमाडौँ, ७ असार– अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकअन्तर्गतको...

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई के भयो फाइदा ?

काठमाडौँमा जारी विश्व बैंकको कुम्भमेला सकियो, नेपाललाई...

वि.सं.२०८१ असार ७ शुक्रवार १८:३७

  काठमाडौँ, ७ असार– विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ...