CG Electronics
IME Life
NIMB

चर्को ब्याजदर विरुद्ध महासङ्घ सडकमा  : किसानमाथिको अन्यायमा सरकार मूक दर्शक बनेको आरोप

NIMB
Himalayan Bank

 

 

काठमाडौं । अखिल नेपाल किसान महासङ्घले, बैङ्कको ब्याजदर चर्को भएको भन्दै काठमाडौँमा प्रदर्शन गरेको छ ।

बुधवार काठमाडौँको माइतीघरमा महासङ्घले, चर्को ब्याजदर घटाउनु पर्ने, मिटर व्याजी किसानको समस्या समाधान गरिनुपर्ने, महँगी नियन्त्रण गर्नु पर्ने माग सहित प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले चर्को ब्याजदर नियन्त्रण गर, मिटर ब्याज पीडित किसानसँग गरेको सम्झौता लागु गर ,बढ्दो महँगी नियन्त्रण गर ,किसानका ५८ सूत्रीय माग पूरा गर ,लघुवित्तको ऋण मिनाहा गर ,प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजनालाई कार्यकर्ता पोस्ने थलो नबनाऊ लगायतका प्लेकार्डहरू बोकेका थिए ।

विरोध कार्यक्रमलाई सम्बोधन गदैं , अखिल नेपाल किसान महासङ्घ क्रान्तिकारी केन्द्रका केन्द्रीय अध्यक्ष चित्र बहादुर श्रेष्ठले लघुवित्त संस्थाहरु र मिटरव्याजीले दिनानुदिन नेपाली किसानहरुलाई शोषण गरिरहेको आरोप लगाए ।

उनले बैङ्क तथा वित्तीय संस्थाले मनपरी गर्दा पनि सरकार टुलुटुलु हेरेर मात्र बसेको भन्दै आक्रोश पोखे ।

उनले भने ‘लघुवित्त संस्थाले गर्दा नेपालका महिला दिदी बहिनीहरू शोषित भएका छन् । मिटरब्याजीहरुले दिनानुदिन दिन नेपाली किसानहरूलाई शोषण गरिरहेको छ । तर आज सरकार हेरेर बसिरहेको छ । यदि यो सरकार नेपाली किसानहरूको, जनताको सरकार हो भने यी तमाम समस्याहरू हल गर्न सरकार अगाडि बढ्नुपर्छ ।’

उनले सरकार जनताको अभिभाबक भएकाले जनताका समस्या सम्बोधन गर्न ढिला सुस्ती गरेर गैर जिम्मेवार भएको बताए ।

अध्यक्ष श्रेष्ठले आफूहरूको समस्या समाधान नभएसम्म आन्दोलन निरन्तर चलिरहन्छ बताए ।

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...