संसद भवनमा आम नागरिकहरु पनि जान पाउँने व्यवस्था गर्नुपर्छ : सचिव अधिकारी
Thursday Mar 23, 2023
वि.सं.२०७९ चैत ९ बिहीवार २२:२०
काठमाडौं । नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपालको संसद भवनमा आम नागरिकहरु पनि जान पाउँने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
संधिय संसद भवनको गुरुयोजना तथा पुराना प्रतिनिधिसभा भवनको संरक्षण गर्ने सम्बन्धमा सहरी विकास मन्त्रालय र सांस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पदाधिकारीसंगको छलफलमा बोल्दै अधिकारीले अन्य मूलुकमा संसद भवनमा त्यहाँको गतिविधि हेर्ने व्यवस्था भएको भन्दै नेपालका नागरिकले संसद देख्न सम्म नपाउँने भएकाले नेपालले पनि अन्य मूलुकबाट संसद प्रणाली बारे सिक्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने ‘धेरै विकसित देशहरुले आधुनिक संसद भवनमा चलिआएका संसद भवनमा जस्तै संसद भवनको सिडिसम्म गएर मुल ढोका सम्म गएर त्यहाँ फोटो खिच्न पाउँछन् । जर्मनीको संसद भवनमा सम्म जानै पाईन्छ । माथिल्लो तलामा गएर गतिविधि हेर्ने पाईन्छ आम नागरिकले तर नेपालका नागरिकले ठूलो पर्खालले घेरेको संसद भवन भएको हुनाले नागरिकले देख्न सम्म पाउँदैनन् । नेपालले पनि अन्य मूलुकबाट संसद प्रणाली बारे सिक्न आवश्यक छ ।’
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको अध्यक्ष माया प्रसाद शर्माले इतिहाँसलाई हामीले संरक्षण गर्नु आवश्यक रहेको बताएकी छिन् ।
उक्त कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्थामा के थियो र गणतन्त्रमा के बनाउँदैछौ कस्तो बनाउदै छौं भन्ने कुरा इतिहासले सम्बोधन गर्ने भएकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको बताए ।

























