ग्लोबल मनी विक भनेको के हो ? कसरी आयो नेपालमा ?
Sunday Mar 26, 2023
वि.सं.२०७९ चैत १२ आइतवार १५:३२
यो ग्लोबल मनी विकको बारेमा भन्नु पर्दा हाम्रो यो अर्गनाइजेसन अफ विसिडि भन्ने छ त्यो विसीडीको संयोजनमा २०१२ बाट युवाहरुलाई लक्षित गरेर वित्तिय क्षेत्र, वित्तिय साक्षरता आदिलाई समेटेर यो सप्ताह मनाउन लागिएका हो । यसकाक स्थायी नाराहरु पनि छ जस्तै अर्न, लर्न, सेभ एण्ड इन्भेष्ट भनिएको छ ।
यो नारा १०९ मुलुकमा यसलाई फ्रिजिकल्ली गरियो । फ्रिजिकल्ली र डिजिटल्ली गरेर १७० ओटा देशमा गरियो । १७० मुलुकमा युवाहरुलाई वित्तिय साक्षरताको आधारमा र वित्तिय जागरणको आधारमा संलग्न गराइ पैसा कसरी कमाउने, कसरी त्यसलाई सदुपयोग गर्ने भन्ने त्यसको सचेतना होस् त्यससबाट सेभिङमा कसरी कन्भर्ट गर्ने, सेभिङबाट कसरी त्यसलाई लगानीमा लैजाने त्यसबाट उनीहरुले आफ्नो फ्युचरलाई सेफ राख्न सक्छ भनेर युवालाइ अवधारणा सहित चलाउन सुरु गरियो र अहिलेको नारा पनि प्लान योर फ्युचर भन्ने नारा नाराका साथ यो २०२३ को ग्लोबल मनि वीक मा २० मार्च देखी २७ मार्च साप्ताकि कार्यक्रम गरिराख्या छ ।
त्यसको संयोजनमा विश्वभर हुने कार्यक्रममा नेपालमा पनि नेपाल राष्ट बैंकले संयोजन गरिरहेको छ। नेपाल राष्ट्र बैंकले संयोजन गरेर वित्तिय साक्षरता, वित्तिय सचेतना, धितोपत्रहरुसँग संयोजन गरेर, नियमन प्रधिकरणसँग पनि संयोजन गरेर विभिन्न कलेज, स्कूल, मिडिया सबैतिर संयोजन गरेर हामी यो साता व्याप्ति र्याली होला, प्रतियोगिता होला, कविता प्रतियोगिता होला, मिडियामा इन्टरभ्यु दिने कुराहरु देखी विभिन्न प्रोगामहरु लिएर हामी वित्तिय साक्षएरता, वित्तिय चेतना देखि लिएर यी कुराहरुको चर्चा परिचर्चा गर्छौ ।
सामान्य लेखपढ गर्न जान्ने मान्छेलाइ साक्षरता भनिन्छ भने वित्तिय साक्षरता कसरी गरिन्छ ?
वित्तिय साक्षरता र साक्षरतामा अलिकति फरक छ साक्षरता भन्ने वित्तिकै पढन लेख्न सकियो वित्तिय साक्षरता भनेको पैसासँग सम्मबन्धित रहेर पैसा आयो भने कसरी जानकारी राख्ने, पैसालाइ कसरी बचत गर्ने, पैसालाइ प्लान गर्न सक्ने, पैसालाइ लगानीमा परिर्वन गर्न सक्ने यसबाट मुनाफा आर्जन गरेर आफ्नो नेट वर्थलाइ कसरी वृद्धि गर्न सक्छौ, साक्षरता, चेतना हुन्छ त्यो चाही वित्तिय साक्षरता भयो ।
बच्चा अवस्था देखी युवाहरुको चेतनामा कसरी कमाउने, कसरी बचाउने भन्ने कुराको जुन विश्व व्यापि जुन अवधारणा छ यसको इम्पिलीमेन्टको अवस्था कस्तो हुदो रै छ ?
वित्तिय साक्षरताको कुरा नेपाल राष्ट्र बैंकले प्राथमिकताको रुपमा राखेको छ, सामाजिसुरक्षा कोष अन्तरगत रहने पैसाको केहि प्रतिशत वित्तिय साक्षरतामै जाने गरिक निर्देशन जारी गरेको छ र हामी सातै वटा प्रदेशमा प्रोगाम लैजान्छौं ।
धेरै बैंक वित्तिय संस्था राष्ट्र बैंकले पनि यसलाइ प्रमोट गरिराछ । वित्तिय साक्षरताको अभावमा धेरै चिजहरुको समस्या हुन्छ भन्नुको मतलव मान्छेहरुसँग पैसा हुन्छ त्यो पैसा घरमा राख्नु भन्दा बैंकमा राख्नु धेरै सुरक्षित हुन्छ ।
पैसा बचत हुन्छ त्यसबाट तपाइले रिटर्न पाउनु हुन्छ त्यो पैसा तपाइले, तपाइले नभए अरुले पनि उत्पादनमा प्रयोग गर्न सक्छ भन्ने कुराको एउटा चेतना जान्छ, अहिले तपाइले डिजिटल फाइनन्स लिट्रेसिको बारेमा पनि तपाइले सकेसम्म डिजिटल पेमेन्टस्हरु देखि लिएर डिजिटल इन्स्टुमेन्ट प्रयोग गरेर भन्ने सन्दर्भ जानकारीको कुराहरु देखि लिएर शेयर बजारको जानकारी हुन सक्छ, विमाको जानकारी हुन सक्छ यसले
तपाइलाइ बिमा हुदा के हुन सक्छ, शेयर गर्दा के हुन सक्छ, सस्तोमा लगानी गर्ने कस्तोमा लगानी नगर्ने, कसरी अगाडी बढ्ने भन्ने कुराहरु चाहीँ यो वित्तिय चेतना, वित्तिय साक्षरता अन्तर्गत आउछ र त्यसको सावधानी हिलेको भन्दा अहिले बढेको छ ।
बैंकहरुको बोर्ड मेम्बरहरु चैं आफ्नैं बैंकले हामीलाइ ठग्यो भनेर सडकमा गएर नाराबाजी गरेर छातीमा प्ले कार्डहरु लिएर बसिरा थियो हामी चाइ युवाहरुमा साक्षरताको कुरा गरिराछौं फेरी यो चाइ बैंक तथा वित्तिय संस्थामामै भएर बसिरहेको मान्छे मैं पनि थ्यो खालको चेतना नभएको जस्तो देखिन्छ यो खालको विरोधाभास किन ?
अहिले देशको अवस्था देशको अवस्था कस्तो छ भने अलिकति नकरात्मक कुरा भयो भने त्यसको धेरै शेयर हुने, नकरात्मक चाही बढी चल्ने बेला छ ।
तपाइले पनि मिडियामा कसैको बारेमा नकरात्मक न्युज लेख्नुभयो, नकरात्मक बोल्नुभयो भने वा वा हुने गाली गर्नुभयो भने पनि वाह वाही हुने हो ।
केहि कुराहरु तपाइले भनेको नि साँचो हो किनभने बैंक तथा वित्तियहरुलाइ जुन किसिमले आक्रमण गरियो, मान्छेहरुमा कुरा गरियो त्यो गलत किन हो भने, अहिले हामीले बुझ्नु पर्ने कुराहरु किन पनि हो भन्दा बैंकको ४ करोड ८०, ८५ लाखको खाताहरु पैसा जम्मा भमको त्यो ५४,५५ खरब रुपैैया बैंक डुब्यो घाटामा जानुपर्छ भन्ने ।
यहाँ पब्लिकको पैसा छ आफ्नो बैंकको पैसा कत्तिऔ लगानी भएको छ र यदी इन्भेष्टरको कुरा गर्नुहुन्छ भने साढे छ करोडको पैसा तसको त नौं गुना भन्दा धेरै पब्लिकको डिपोजिट छ । त्यस कारण बैंक डुब्यो भने पब्लिकको डिपोजिट डुब्छ । हाम्री जसको विरुद्धमा आन्दोलन गरिराछौं । हामी आफ्नै पैसा डुबाउने कुरा गरिराछौं ।
बैंक वित्तिय संस्था भएन भने पछि वित्तिय कारोबार हुदैन । जनताको लगानी डुब्छ । हामीले १८, १९ लाख क्रृण दिएमा छौं त्यो वित्तियबाट हराएको छ त्यसकारण हामी हाम्रो भूमिकालाइ जथाभावी बोल्ने नगरोैं ।
पक्कै पनि इकोनोमिमा समस्याहरु छन समस्याको सम्पूर्ण कारण बैंकको बढ्दो ब्याजदर भन्ने त्यस्तो मान्छेहरु चाइ तथ्य तथ्याङक नबुझेर प्रचारबाजी गर्ने र मिडियालाइ म के भन्छु भने ने बिक्छ, जे चल्छ त्यो आल्ने हो कि जे सत्य हो जे गलत छ भने गलत ।
जे सहि छ भने सही हाल्ने हो । मिडियाले पनि सत्य कुरा गर्यो भने सत्य कुरा बाहिर आउछ र हल्लै हल्लाको पछि लाग्यो भने मान्छेले यसलाइ फ्लो गर्छ भनेर जस्तो पनि न्युज नबनाइलिन म आग्रह गर्छु ।
बैकहरुमा खबरदारी गर्नु पर्छ कुनै बैक म्यानेजरले गलत गर्यो भने आवाज उठमयउन पर्छ तर समग्र कुराहरुले जथाभावी हिट गर्यो भने यरले समग्र अर्थतन्त्रलाइ हित गर्दैन । त्यसमा हामीले पनि काही प्रमोट गर्न नसकेको हो कि बैंकको भूमिका भैं बताउन नसकेको हो कि त्यो कुरालाइ म स्वीकार्छु
ऋण लिने ऋणीहरुले ऋणलिन ेबेलामा जुन खालको समझ्दारीमा हस्ताक्षर गर्छन् ल्यापचे लगाउछन उनीहरुले त्यो पुरै पढ्न पर्यो त्यो पुरै पढ्यो भने ऋण लिनै सकिदैन भन्ने कुराको एउटा अफाह फैलिएको देखिएको छ त्यो के हो?
एक जना मान्छेले ऋण लिन्छ र ऋण तिर्न नसकेर उसले बाहिर गएर एउटा अफाह फैलाउ छ यो दुइ ओटा कुरामा चाइ बुझउन नसकेको हो कि अलि मासलेवलमा गएर सचेतना फैलाउन नसकेको हो कि के हो?
ग्राहकले त्यो अफर लेटर अथवा बैंकले राखेका सर्तहरु पढेपछि ऋण लिन जान्छ कि जान्न भन्नु हुन्छ भने मलाइ लाग्छ ८० प्रतिशत ग्राहको साइन गरिसके पछि खातामा पैसा आयो कि आएन हेर्नुहुन्छ त्यो सत्य हो तेहि भएर नेपाल राष्ट्र बैंकले अफर लेटर पहिला इङलिसमा पठउथ्यो अहिले सबैंले पढ्न सकुन भनेर नेपालीमा पठाउ छ ।
धेरै दायित्व हुन्छ त्यसैले पढ्नु पर्छ । त्यो पढि सकेपछि स्वीकार्न सक्दैन भन्ने कुरा गलत हो । त्यस्तो खालको अफर लेटरहरु अस्वीकार हुन्छ भन्ने कुरा गलत हो किन भने तेस्तो खालको काम गर्न पाउदैन । बैंक यस्तो सेक्टर हो जहा पूर्णतः टान्सप्यारेन्ट हुन्छ । एक एक पैसाको हिसाब टान्सप्यरेन्ट हुन्छ । राष्ट्र बैंक जस्तो सक्षम नियमकले निरन्तर रुपमा अन साइट हफ साइट मनन् गरिराहुन्छ ।
सिस्टम त्यही तरीकाले अगाडी बढिरा हुन्छ । त्यो कुरा गलत हो तर कहिले काहि ब्याज बढाउने क्रममा बदमासी गर्छन । गत एक वर्षमा बैंकहरुमा ब्यालेन सिट बढाएकै को, नाफा बढाएकै हो म त्यो स्वीकार गर्छु । जुन कर्जा हामीले पर्यटकलाइ हामीले दिएको थियौ थयौं उक्त कर्जा सहि ठाउँमा प्रयोजन भयो कि भएन भनेर हेर्नमा हामी चुकेको हो ।
त्यस्तो अवस्तामा सेन्टर बैंक र हामी बैकरहरु सचेत भैसक्यौं तर बैंकिङले चाइ दाया बाया किन गर्दैन भने बैंक सबै भन्दा पारदर्शी संस्था हो हामीले फाइनन्सियल छापीरा हुन्छौ, हाम्रो स्प्रेर्ड छापिरा हुन्छ । तपाइलाइ यो ताहा हुन्छ बैंकले बति कमायो थाहा हुन्छ । सर्भिसको सेक्टरमा सबै भन्दा राम्रो सेक्टर हो जहा तपाइले लागत थाहा पाउन सक्नुहुन्छ, नाफा थाहा पाउन सक्नुहुन्छ, राष्ट बैंकको निर्देशनमा बसेर काम गरिरा हुन्छ । बैंकहरुले जम्मा गर्ने तपमइले पैसा देख्नुहुन्छ , त्यस पछाडी विश्वास हो । अहिले तेही पैसा लगेर उद्योग, व्यवसाय गरिरा छन् । अहिले त्यहि मान्छेहरु सडक आन्दोलनमन उत्रिरा छन अन बैंक डुब्छ भन्नुहुन्छ । बैंक डुब्दैनन् यो शिक्षाकै कमी हो ।
पछिल्लो समयमा आत्माहत्याको विषय सँग जोडिएको छ अलिकति नकरात्मक ढंगले नै आउछ त्यसको पुरै विवरण आइ सकेको हुदैन तर गाली चाइ धेरै आइरकेको हुन्छ कस्तो लाग्छ तपाइलाई?
त्यसलाइ म विश्वास गदिन्न एउटा ३५ वर्षको मान्छेले एक वर्षमा ३५०० जम्मा गर्न सक्दैन भने त मान्छेले घाँटी हेरेर हाड निल्नु पर्छ नि त एउटा मान्छेले आफुनो सारा टेन्सनहरु सइड लगाएर बैंकलेको टेन्सनले मात्रै सुसाइड गरेको हो भन्नु त गलत हो नी । सदुपयोतिताको केशमा जथाभवी गर्यो भने काही न काही त्यो बैकको दोष होला तर मलाइ लाग्छ बैंक पारदर्शी छ । बैक भनेको पब्लिकको पैसा हो । जथाभावी रहेको पैसा हामीले जम्मा गरेनौं भने पब्लिकको पैसा डुब्छ ।
पब्लिकको पैसा नासो हो । नासो फिर्ता गर्नुपर्छ त्यही भएर बैंकले रिकभरीको एक्सन लिने हो । यत्रो जनता भएको ठमउमा एक दुइ जनाको त्यस्तो समस्याहरु थियो त्यसमाथि लोन पनि थियो भने पछि बैंकले गर्यो भनेर बैंकलाइ दोष दिन मिल्दैन ।
यदी त्यस्ता केशलाइ हेर्ने हो भने बैंकको कति समस्या थियो, व्यवसायको कति समस्या थियो, घर परिवारको कति समस्या थियो थ्यो सबै कुराहरु हेर्ने हो भने बैंकको समस्या ५ प्रतिशत भन्दा बढी छैन् । व्यवसाय, उद्यमी साथीहरु सँग हामी पनि साथमा छौं व्यवसाय, उद्यम चाही डुब्ने हामी चाही उत्रिने भन्ने हुदैन ।
यहा हामी सबै एउटै अवस्थामा छौं सरकारको अवस्था हेर्नुसन ऋण पत्राचार गरेर तलब बुझाउनु पर्ने अवस्थामा सरकार छ । व्यापारीले राम्रो गर्न सक्नु भएन भने कर तिर्न सक्नुहुन्न, हामीलाइ तिर्न सक्नुहुन्न ।
हामी पनि नोक्सानमा छौं यसरी त सरकारले आए नै हुदैन । यसकारण सरकार, बैंक, नियमक निकाय सबैको समस्या साझा हो हामी एकआर्कामा धैर्यता राख्नु पर्छ एक अर्कालाइ दोष दिइर समस्या समाधान हुदैन । सबैले आआफ्नो क्षेत्रमा न्याय गर्नुपर्छ होइन यो बैंकिङ क्षत्रको समस्या हो भन्नुहसन्छ भने गलत हुन्छ ।
अहिलेको समस्या मैले चार वटा समस्यामा वर्गिकरण गरेको छु । पहिलो समस्या २० प्रतिशत देखी सम्म विभिन्न क्षेत्रको करोबार घटेको छ, बिक्रि घटेको छ तर फिक्स कस्टहरु लागिरा छ तेसले उहाहरु मारमा हुनुहुन्छ ।
दोस्रो इन्फ्लेसन बढ्यो विश्व भरी नै हो अमेरीकामा ४० वर्षको इतिहासमा सबै भन्दा बढी भयो अरु देशको तुलनामा अझंै हामी कम छौं । थ्यो इन्फे्लेसनले गर्दा पनि मर्कामा पर्नु भएको छ । तेस्रो रिकभर उहाहरुको छैन ।
पहिला उधारोमा दिनुहुन्थ्यो कारोबार हुन्थ्यो । अहिले उधारो दिने अवस्था छैन । पहिला लिएको उधारो तिर्न सक्दैनन्, नया उधारो दिन सक्ने अवस्था छैन भनेको उहाहरु लक भइरहनुभ भएको छ ।
अर्को पहिला घर जग्गाको कारोबार हुन्थ्यो, एउटाले बेच्थ्यो अर्कोले किन थियो अलि अलि नाफा हुन्थ्यो अहिले त्यो पनि छैन । जसको कारणले उद्योगिहरुलाइ गारो छ म मान्छु तर त्यो सबै कुरालाइ साइड लगाएर बैंकको ब्यजदर बढ्यो त्यही भएर हामी मारमा छौं भन्दा यसले समस्याको समाधान गर्दैन त्यसैले समस्याको सहि पहिचान हुनुपर्यो, त्यो समस्याको चर्चा परिचर्चा हुनु पर्यो यति भयो भने हामी सहि ठाउमा पर्यो ।
कुनै समय बैक तथा वित्तिय संस्थाहरुको परदर्शिता यो भित्रको सुशासनलाइ नमुना कै रुपमा लिइथ्यो अहिले पछिल्लो समय धरैनै पश्नहरु आए यसलाइ निराकरण गर्नको निम्ति बैंक तथा वित्तिय संस्था बढी जिम्मेवार गर्नपर्ने हो कि नियमत निकाय बढी जिम्मेवार हुनु पर्ने हो के देख्नु भएको छ तपाइले?
बैकिङ बिजनेश बैंकले गर्ने हो त्यसैले हामी बैंकरहरुले गर्नुपर्छ पारदर्शमा र त्यो परदर्शी भएकी भएनन् त्यो नियमनमा चलेकी चलेनन् भनेर अवलोकन गर्ने काम चाही सेन्टर बैंकको हो । सेन्टर बैंकले आफ्नो हिसाबले काम गरिराखेको छ, जसले काम गरे गरेनन्, जो दायाबाया गरिराछन् । उनिहरुलाइ कारबाही गरिरा छ बैंकहरु पूर्ण रुपमा पारदर्शी छ, हपारदर्शी बैंकहरुमा हुदैन तपाइले एउटा कुनै उदाहरण दिएर कुरा गर्नु भयो भने म त्यसमै कुरा गर्न सक्छु ।
राष्ट्र बैंकले एउटा सिमा तोक्देको छ त्यो सिमा नाघेर ब्यजहरु बढी लिएको छ यस्तै विषयलाइ लिएर धेरै पश्नहरु उठेका छन यी श्निहरु पनि ब्यापक ढंगले आइरा छन भनेको त्या भित्रको सुशासनको अवस्था किन कम्मजोर भइराछ ?
यसमा एउटा त कर्पोरेट गर्नु पर्यो हिजो के थियो र आज के छ हेर्नुपर्यो । आजभोली लालपूर्जा नक्कली बनाएर आउ छ मान्छेले बैंकको सिइयो, बैंकर भनेको लालपुर्जा एक्सर्पोट होइन ।
तपाइ बैंकको कुरा छोड्नुन जग्गा किनेर हाफ्नो पैसा फसेको मान्छे तपाइले देख्नु भएको छैन भने हामी त फेसेको हो, हामी ठगिएको हो । कि त त्यहाँको बैंकरको, सिइओको, बैंकर हेडको संलग्नता छ भने बैंकको गल्ति हो ।
त्यो पनि बैकको व्यक्तिको कुरा हो त्यस कारण हरेक क्षेत्रमा दुई चार जना तेस्तो मान्छे पनि होला छैनन् म भन्दीन तर तिनीहरु कारबाहीको दायरामा आउछन, तीनीहरु भाग्न सक्दैनन् त्यस्ता कुराहरु न वित्तिय संस्थाले स्वीकार्छ न त नेपाल राष्ट बैंकले स्वीकारछौं त्यकारण त्यस्ता मान्छेहरु त दण्ड सजाय पाएको हामीले पाएकै छौं त्यो किन भएको भन्दा पारदर्शी भएको कारणले भएको हो ।
तत्र तपाइहरुले थाहै पाउनु थिएन । त्यसकारण त्यो समग्र क्षेत्रलाइ दोष लगाउनु भन्दा पनि त्यो एउटा व्यक्तिले गरेको हो त्यसकारण उक्त क्षेत्रलाइ दोष लगाउन मिल्दैन।
अन्त्यमा, ग्लोबल मनि वीकको सन्दर्भलाइ लिएर नेपाली युवाहरुलाई तपाइको सन्देश केहो ?
ग्लोबल मनि वीकको नारालाइ लिएर अर्न, सेभ एण्ड अर्न त्यसको थिम धेरै नै राम्रो छ । अहिले पनि २०२३ मा प्लान्ट योर फियुचर यसैमा धेरै चिजहरु जोडिन्छ, जति पनि अर्निङ हुन्छ त्यसको बजेटिङ गर्ने, तपाइको टोटल आम्दानी र खर्चहरुको स्थिति कस्तो छ , यस बाट कसरी बचत गर्न सक्नुहुन्छ र यसलाइ कसरी लगानी गर्न सक्नु हुन्छ भन्ने चिजको चेतना, क्षमता को वृद्धि गर्नु पर्छ । इञ्जिनिएर, पाइलट, डाक्टर अन्य जुन पेशाको व्यक्तिले पनि पैशालाइ चलाउन जान्नु पर्छ ।
अबको समय भनेको पैसाको समय हो । बेलैमा तपाईले पैसा सेभिङ र इन्भेष्ट गर्न जान्नुभयो भने तपनइको भविष्य सुनिश्चित हुन्छ । यसको बारेमा कुरा गर्नुस, छलफल गर्नुस, टक सोहरु चलाउनुस्, युवाहरु हामीले लक्षित गरेको किन भन्दा यसवाहरु बेलैमा सचेत भयो भने जब तिनीहरु एउटा लेबलमा पुग्छ त्यतिबेला सम्म धेरै नै हाफ्नो भविष्य स्रक्षि गर्न सक्ने क्यापसिटी बनाइसकेको हुन्छ ।
हरेक नागरिकको भविष्य सुनिश्चित भयो भने देशको भविष्य सुनिश्चित हुन्छ । यसलाई सानो कुराहरुबाट धेरै ठुलो लक्ष प्राप्त गर्न सकिन्छ । प्रस्तुतीः सिर्जना खड्का


























