CG Electronics
IME Life
NIMB

कुमारी बैंकद्धारा लोपोन्मुख जातीय समुदाय तथा खेलकुद टोली समेत गरि ५० स्थानमा विविध कार्यक्रम : वित्तीय साक्षरता ग्लोबल मनी वीक २०२३ सम्पन्न 

NIMB
Himalayan Bank

 

काठमाडौं । कुमारी बैंकले आफ्ना शाखाहरुको सहभागितामा देशका ५० भन्दा बढी स्थानमा विभिन्न वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रम देशका विभिन्न पेशाकर्मी, विद्यार्थीहरु, श्रमीक समुह, खेलाडीहरु, सुगम तथा दुर्गम क्षेत्रमा अवस्थित समुदायहरुलाई लक्षित गरि सम्पन्न गरिएको थियो । बैंकको कार्यक्रममा तीन हजार भन्दा बढीको सहभागिता रहेको थियो ।

बैंकले कर्णाली, सुदूरपश्चिम, मधेसका दुर्गम क्षेत्र लगायत देशका सबै भागमा समान रूपमा कार्यक्रम सञ्चालन गरेकोे थियो ।

दुर्गम स्थानहरू र समुदायमा वित्तीय साक्षरता कार्यक्रम :

बैंकले रुकुम, दैलेख र कर्णाली प्रदेश साथै अन्य क्षेत्रहरुमा वित्तिय सचेतना कार्यक्रम सञ्चालन गरेको छ । छनोट गरिएका क्षेत्रहरूमा युवा, महिला, वृद्ध लगायतका समुहका सहभागीहरु समावेश भएका थिए ।

बैंकले वित्तीय साक्षरताको महत्व युवा विद्यार्र्थीहरुका साथै अन्य वर्ग, समुदायमा पनि समान रहेको आवश्यकता लाई आत्मसात गर्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व हुने गरि कार्यक्रमहरु सञ्चालनमा ल्याएको थियो ।

श्रमिक समूह, पेशाकर्र्मी, खेलाडी, सामुदायिक सदस्य, कृषक र अवकाश प्राप्त व्यक्तिहरु सम्म पुगेर बैंकले आर्थिक रुपमा सचेत समाज निर्माण गर्ने दिशामा पाइला चाल्दै आएको छ ।

 

बैंकले २०७९ लाई वित्तीय साक्षरता वर्षको रूपमा पनि मनाउदै आएको छ । साथै वित्तीय साक्षरता उद्देश्यप्रति बैंकको दीर्घकालीन प्रतिबद्धतालाई बैंकले आयोजना गर्ने गरेका कार्यक्रमहरुले समेत दर्शाउदै आएको छ ।

 

मुख्य जोड महिला समूहहरू :

बैंकले महिला समूहको महत्वलाई परिवारको आर्थिक व्यवस्थापन र तिनीहरू संलग्न संस्थाहरूको अभिन्न अंगको रूपमा महसुस गरेको छ, त्यसैले कुमारी बैंकका कार्यक्रमहरू पनि सबै क्षेत्रहरूमा महिला समूहहरूलाई लक्षित गरि संचालन गरिएको थियो ।

कुमारी बैंकको यस प्रयासले आर्थिक रूपमा सचेत समाज निर्माण गर्नेमा बैंक विश्वस्त छ । बैंकले आफ्नो अभियानलाई निरन्तरता दिँदै थप अभियानहरू सञ्चालन गर्दै लैजाने प्रतिबद्धता रहेको जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १८:४२

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक...

वि.सं.२०८३ साउन ९ शनिवार १६:४०

  काठमाडौं, नेपाल – २०८३ श्रावण ४ – द ब्रिटिस...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक...

वि.सं.२०८३ साउन ९ शनिवार १४:२५

  काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान...

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई...

वि.सं.२०८३ साउन ९ शनिवार १४:१३

  काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता...

वि.सं.२०८३ साउन ९ शनिवार १४:०१

काठमाडौं, नेपाल | ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा...