CG Electronics
IME Life
NIMB

मिटरब्याज पीडितलाई प्रधानमन्त्रीलाई भेटाउने गृह सहसचिव शर्माको आश्वासन

NIMB
Himalayan Bank

 

 

काठमाडौं । मिटरब्याज पीडितलाई भेट्न टंगाल पुगेका गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्माले, उनीहरुको माग सम्बोधनका लागि आवश्यक पहल गर्ने वचन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार हिडेका मिटरब्याज पीडितलाई, सरकारी प्रतिनिधिको नेतृत्व गर्दै टंगालमा भेटेर गृह मन्त्रालयका सहसचिव शर्माले माग सम्बोधन गर्न सरकारले प्रयास गरिरहेको आश्वासन दिएका हुन् ।
पीडितले प्रत्यक्ष प्रधानमन्त्रीलाई भेटाउन भनेपछि उनले प्रधानमन्त्रीसंग भेट्ने वातावरण बनाउन आफैँले पहल गर्ने बताएका छन् ।

 

पीडितसंग सहसचिव शर्माले पीडितको समस्या वर्षौ देखिको भएको भन्दै एकै दिनमा समाधान गर्न नसक्ने तर आवश्यक कानून निर्माण गरेर समस्या समाधानको पहल थालिएको बताए ।

त्यसका लागि गृह मन्त्रालयदेखि प्रमुख जिल्ला अधिकारी रसम्बन्धित निकायले समन्वयन गरेर समस्या समाधानका लागि काम गरिरहेको उनको भनाई छ ।

पिडितलाई भेटेपछि संचारकर्मीसंग उनले भने ‘कानून बनाउने विषय अघि बढिराखेको छ । प्रमुख जिल्ला अधिकारीहरुले काम गरिराख्नु भएको छ । कतिपय विषय कानून बनाएर संशोधन गर्नुपर्ने छन् । अन्तर निकायका बीचमा समन्वयन गर्नुपर्ने भएकाले अलिकति ढिला भएको हो, कामै नगरी बसेको चाहिँ छैनौ हामी । ’

पीडितलाई सकेसम्म चाँडो न्याय दिने प्रयास गरिरहेको भन्दै शर्माले यो पटक लामो समय उनीहरूलाई काठमाडौं बस्न नपर्ने गरी काम गर्ने जिकिर गरे । उनले सरकारले ३४६ जनाको समस्या समाधान गरिसकेको भन्दै बाँकी समस्या समाधान गर्न सरकारले प्रयास गरिरहेको बताए ।

११ दिने लामो पैदल यात्रा गरेर सोमबार काडमाडौं आएका मिटरब्याज पीडितलाई मंगलवार बिहान प्रधानमन्त्रीलाई भेट्न जाने क्रममा प्रहरीले टंगालमै रोकेको थियो ।

मिटरब्याज पीडितलाई प्रहरीले रोकेकै स्थानमा पुगेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्की सहितको टोलीले उनीहरुको समस्या समाधानमा सरकारी प्रयासबारे जानकारी गराउँदै आन्दोलन रोक्न आग्रह गरेको हो।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...