CG Electronics
IME Life
NIMB

व्यवसायीक समस्या समाधान र महासंघभित्र बस्तुगत संघलाई बलियो बनाउन उपाध्यक्षमा मेरो उम्मेदवारी : हेमराज ढकाल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले अहिले देखिएको व्यवसायीक समस्या समाधान र महासंघ भित्र बस्तुगत संघलाई बलियो बनाउन आफुले उम्मेदवारी दिएर अघि बढेको बताएका छन् ।

‘अहिले उद्योगी व्यवसायीहरु जटिल अवस्थामा पुग्दा पनि महासंघले उठाएको जायज मागलाई सम्बोधन गर्न सरकारले चासो दिएन,’ वस्तुगत संघका अध्यक्षहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘महासंघको पुरानो साख जोगाएर उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्नका लागि मैले वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु ।’
महासंघ संचालनमा बस्तुगत संघ र बस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रिय सदस्यहरुको ठूलो भुमिका रहेको भन्दै सोही अनुरुप सम्माजनक व्यवहार गरिनुपर्ने उनको भनाई थियो ।

‘प्रायःजसो वस्तुगत संघ केन्द्रमा भएका कारणले पनि महासंघको हरेक गतिविधिमा वस्तुगततर्फबाट निर्वाचित भएर गएका केन्द्रिय सदस्यहरुको ठूलो भुमिका रहँदै आएको छ,’ उनले भने, ‘तर महासंघमा बस्तुगत परिषद्लाई एसोसिएट्सभन्दा कम अर्थात २० प्रतिशतमात्रै मतभार तथा सोही अनुरुप कम अधिकार दिइएको छ ।’ आफु निर्वाचित भएर गएसँगै विधान संसोधनमार्फत बस्तुगत संघको अधिकार तथा मतभार वृद्धि गर्न लविङ गर्ने उनको प्रतिवद्धता थियो ।


हाल महासंघले बस्तुगत संघहरुको क्षमता अभिवृद्धिमा चासो नदिएको भन्दै आफु उपाध्यक्षमा निर्वाचित भएर गएसँगै सो विषयमा समेत काम गर्ने बताएका छन् । आफु महासंघमा वस्तुगततर्फतबाट केन्द्रिय सस्दय भएर विभिन्न समितिको जिम्मेवारी लिँदा बस्तुगत संघको हकहितमा थुप्रै काम गरेको जानकारी दिँदै उपाध्यक्ष भएपछि वस्तुगत संघको अधिकार र दायरा ठूलो बनाउने काम गर्ने उनको प्रतिवद्धता थियो ।

‘नेपालमा वास्तविक रुपमा उद्योग व्यवसाय संचालन गरेर देशको अर्थतन्त्र चलायमान बनाउने भनेको बस्तुगत संघमा आवद्ध रहेका साथिहरुले हो,’ उनले भने, ‘महासंघको ब्रेन भनेको बस्तुगत संघ हो तर त्यसको सदुपयोग गर्न सकिएको छैन ।’

नेपालमा मौलिक बस्तुहरु उत्पादन गरी निर्यात गरेर देशमा डलर भित्र्याएर अर्थतन्त्रमा योगदान दिने काम बस्तुगतसँगले गर्दै आएको भन्दै यसको विकास र प्रवद्र्धनमा सरकारले विशेष चासोका साथै सोही अनुरुप सुविधा दिनुपर्ने उनको तर्क थियो ।

अहिले महासंघमा आवद्ध बस्तुगत संघको राय सुझाव मात्रै लिएर कार्यान्यवनमा लैजाने हो भने देशको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सहज हुने बताए । ‘अहिले वस्तुगत संघको सुझाव न राज्यले सुनेको छ न त महासंले नै,’ वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार ढकालले भने, ‘व्यवसायीक समस्यालाई सम्बद्ध सरोकारवाला निकायमा पुर्याएर समाधान गर्नकै लागि उपाध्यक्ष भएर महासंघमा जान लागेको हुँ ।’

विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दी र रुस–युक्रेन युद्धका कारण कच्चा पदार्थको मूल्य वृद्धि हुन पुग्दा उद्योगी व्यवसायीहरु मारमा परेको समेत उनले जानकारी दिए ।

‘अहिले कच्चा पदार्थको मूल्य बढ्दा नेपाली उद्योगहरुको उत्पादन लागत बढ्न गई उत्पादन समेत नबिक्ने अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘एकतर्फ मागमा आएको गिरावट अर्कोतर्फ बजारबाट उधारो नउठ्दा बढी समस्या थपिएको छ ।’ यस्ता विषयमा समेत सरकार र अन्य सरकारवाला निकायले सुनुवाई गरी समस्या समाधान गर्नुपर्ने उनको भनाई छ ।

 

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:२४

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि अशोक स्टिलसम्म कारबाही, वातावरण प्रदूषित गरेबापत १०–१० लाख जरिवाना

उद्योगमन्त्री गौरी यादवको कडा निर्देशनपछि जगदम्बा स्टिलदेखि...

वि.सं.२०८३ साउन ६ बुधवार ०७:१६

  काठमाडौं । वर्षौंदेखि औद्योगिक फोहोरका कारण प्रदूषित बन्दै आएको...