नेताहरुको चाकरि गरेर पार्टीलाई स्थिर बनाउन सकिदैंन् : प्रतिनिधि बराल
Sunday Apr 02, 2023
वि.सं.२०७९ चैत १९ आइतवार ०८:५२
काठमाडौं । मिसन ग्रासरुट लुम्बिनी प्रदेशको प्रतिनिधि गिता बरालले ठुला नेताहरुको चाकरि गरेर पार्टीलाई स्थिर बनाउन नसकिने बताएका छन् ।
मिसन ग्रासरुट प्रशिक्षण तथा नव वर्ष २०८० सालको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र आएको समस्यालाई पार्टी भित्र नै सुल्झाउनु पर्ने र पार्टीलाई आघात पर्ने गरि काम गर्न नहुने बतएकी छन् ।
उनले भनिन्, नेपाली राजनीतिमा नेताहरुको अघि पछि गर्ने प्रचलन छ । त्यसले पार्टीको संगठनलाई बलियो पार्दैन् । संगठीत तरिकाले पार्टीलाई अगाडी बढाउनुपर्छ । हामी जहाँ उभिन्छौं त्यहाँ दरिलो भएर बस्न आवश्यक छ । पार्टी भित्र भएको समस्याले भित्र नै सुल्झाउनु पर्छ । त्यसो भएन् भने पार्टी अगाडी बढ्न सक्दैन् ।
नेकपा एमालेभित्र भएको समस्याहरुलाई चिर्ने र समाधान गर्ने नै मिसन ग्रासरुटको प्रमुख उद्देश्य रहेको उनको भनाई छ ।




























