CG Electronics
IME Life
NIMB

विश्वविद्यालयको शिक्षामा हस्तकलालाई पनि जोड्नु पर्छ : उपकुलपति थापा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापाले हस्तकलालाई पनि इन्जिनियरिङसँग जोड्नु पर्ने बताएका छन् ।

आज काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सांस्कृतिक कलामा आधारित हस्तकला र इन्जिनियरिङ्मा केही फरक नभएको भन्दै यसलाई विश्वविद्यालयको शिक्षामा सामेल गराउनु पर्ने बताए ।

विश्वविद्यालय शिक्षामा प्रवेश गरिसकेको राम्रो व्यवस्थापक, सिर्जना र सिप प्रयोग गर्न सक्ने भएर निस्किए कुनै पनि कुरामा भर पर्न नपर्ने कुरालाई जोड दिएका छन् ।

उनले भने, ‘हामीले प्राविधिक मात्रै होईन सजक हुन सिकाउनु पर्छ । विश्वविद्यालय शिक्षामा प्रवेश गरिसकेको मान्छे राम्रो व्यवस्थापक पनि बनेर जावोस उसले आफ्नो सिर्जना पनि गरोस, सिप पनि प्रयोग गरोस र व्यवस्थापक पनि होस ताकि अरुमा भर पर्न नपरोस । आर्ट र इन्जिनियरिङ् भनेको एउटै कुरा हो यसलाई जोड्ने कुरा व्यवहारिक हुनुपर्छ ।

विश्वविद्यालयको शिक्षामा यसलाई लानु पर्छ । परम्परागत सिक्ने कुरा सिक्नु पर्छ यसलाई आधुनिक शिक्षामा ढाल्न सकिन्छ भन्नेमा हामी प्रयासमा छौँ ।’

उनले आफू इन्जिनियरिङ्को शिक्षामा मात्र सिमित भएको भन्दै अबको पुस्तालाई प्रविधिको साथसाथै सिर्जनशिल हुन पनि सिकाउनु पर्ने बताए । उनले कला जानेको र प्राविधिक ज्ञान पनि भए भविष्यमा काम गर्न सजिलो हुने विश्वास पनि व्यक्त गरेका छन् ।

 

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालयका कुलपति नारदमणी हार्तम्छालिले शिल्पकलालाई सिर्जनासँग जोडेर अघि बढ्नु आजको आवश्यकता भएको बताए ।

राष्ट्रिय पहिचासँग जोडिने रैथानि ज्ञानलाई एकत्रितगर्दै कला संरक्षणमा ध्यान दिनुपर्ने बताए ।

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन संस्कृति र पर्यटन प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता

फोनिज उपत्यका समन्वय प्रदेश समितिको प्रथम अधिवेशन...

वि.सं.२०८३ जेठ ३० शनिवार २०:१५

  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) उपत्यका समन्वय प्रदेश...

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका चुनौतीबीच समावेशी विकासका लागि निजी क्षेत्रसँगको साझेदारीमा जोड

कृत्रिम बुद्धिमत्ता, श्रम गतिशीलता र जलवायु परिवर्तनका...

वि.सं.२०८३ जेठ २९ शुक्रवार २२:४८

  काठमाडौं । नेपाल उद्योग परिसंघ (CNI) र हेल्भेटास नेपालको...

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष शिक्षा र प्राविधिक अध्ययनमा जोड

सैनिक कल्याणकारी कोषको शैक्षिक अभियान: छात्रवृत्ति, विशेष...

वि.सं.२०८३ जेठ २९ शुक्रवार ११:०४

काठमाडौँ — नेपाली सेनाको सैनिक कल्याणकारी कोषले शिक्षा क्षेत्रमा गरेको...

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल कर्जा’ प्लेटफर्मको सुरुवात

कुमारी बैंकद्वारा नेपालकै पहिलो ‘रियल-टाइम इआरपी-एकीकृत डिजिटल...

वि.सं.२०८३ जेठ २८ बिहीवार २२:१९

काठमाडौँ — कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई नयाँ उचाइमा...

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत काम भएको छैन : अर्थमन्त्री डा वाग्ले

कर्मचारीको मानवीय त्रुटिको स्वामित्व लिएको हुँ, गलत...

वि.सं.२०८३ जेठ २८ बिहीवार १२:०९

  आर्थिक विधेयकमा देखिएका कतिपय प्राविधिक अस्पष्टता र त्रुटिहरूलाई पूर्ण...