CG Electronics
IME Life
NIMB

विद्युत उत्पादन घटेकोले लोडसेडिङ भएको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रष्टीकरण

NIMB
Himalayan Bank

 

 

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अघिल्लो वर्षको भन्दा २५ देखि ३० प्रतिशतले उत्पादन घटेको हुनाले लोडसेडिङ् भएको प्रष्टीकरण दिएका छन् ।

देशमा लोडसेडिङको समस्या बढ्न थालेपछि आइतबार नेपाल विद्युत प्राधिकरणको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यकारी निर्देशक घिसिङले विगतमा भन्दा यो वर्ष पानी र हिउँ कम परेको हुनाले विद्युत उत्पादनमा समस्याहरु आएको बताए । उनले यो समस्या १५ दिनभित्र समाधान हुने विश्वास व्यक्त गरे ।

उनले यो छोटो समयको समस्या भएको हुनाले यसलाई सामान्य रुपमा लिन पनि उद्यमीहरुलाई आग्रह गरेका छन् ।

उनले भने, विगत केही समयमा उद्यमी साथिहरुले लोडसेडिङ् धेरै भएको कुरा आएको छ, त्यसमा पहिलो वर्ष धेरै पानी र हिउँ पनि परेको हुनाले जेनेरेसन राम्रो थियो, यसपाली पानी र हिउँ धेरै नपरेको हुनाले जेनेरेसज एकदमै घटेको छ ।

१०, १५ दिन अलि समस्या हुन सक्छ, यो हाम्रो एकदम सुख्खायाम भएको हुनाले धेरै समस्या भएको हो, त्यसलाई बुझ्नु आवश्यक हुन्छ । यसलाई ठूलो समस्याको रुपमा लिनु भएन छोटो समयको समस्या हो, अर्को वर्ष यो समस्या नआउने गरेर काम गरिरहेका छौ ।

आइतबार विराटनगरका उद्यमी व्यवसायीहरुले बारम्बार भइरहेको लोडसेडिङले आफुहरुलाई आजित बनाएको भन्दै लोडसेडिङको समय तालिका उपलब्ध गराई दिन विद्युत प्राधिकरणलाई आग्रह गरेका थिए ।

विना जानकारी विद्युत कटौती हुने गरेको भन्दै सुनसरी मोरङ औद्योगिक करिडोरका व्यवसायीहरुले विराटनगरमा प्रदर्शन पनि गर्दै आएका छन् ।

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष

वि.सं.२०८३ साउन १३ बुधवार २३:२३

नेपालको स्वास्थ्य शिक्षा प्रणाली आज जुन अवस्थामा पुगेको छ, त्यो...

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन

ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले...

वि.सं.२०८३ साउन १३ बुधवार ०७:४२

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनाका...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...