सम्झौता पछि सरकार र आविष्कार केन्द्र एक भएको छ : उपप्रधानमन्त्री खड्का
Monday May 01, 2023
वि.सं.२०८० वैशाख १८ सोमवार २२:०२
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षाका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री पूर्णबहादुर खड्काले अनुसन्धान र आविष्कारको क्षेत्रमा मुलुक वनाउने अभियानलाई अगाडि वढाउनको लागि संघीय सरकारको विकास वजेटवाट १ प्रतिशत रकम राखेर कोष खडा गर्ने बताएका छन् ।
सोमवार रक्षा मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसंगको वार्ता पछि सञ्चारकर्मीसंग मन्त्री खड्काले आगामी वर्षको विकास वजेटमा संघीय सरकारको वजेटमा १ प्रतिशत कोषमा जम्मा हुने गरि छुटयाउने बताएका हुन ।
उनले भने, अनुसन्धान र आविष्कारको क्षेत्रमा मुलुक वनाउने अभियानलाई अगाडि वढाउनको लागि संघीय सरकारको विकास वजेटवाट १ प्रतिशत रकम कोष खडा गर्ने छौ ।
सहमति पश्चात दुई पक्षले हस्ताक्षर गरि सके पछि दुबै पक्ष एक भएको पनि उपप्रधानमन्त्री खड्काको भनाइ छ ।
त्यस्तै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो आन्दोलन मात्र नभएर अभियान पनि भएको बताए ।
उनले भने ,सरकारसंग राम्रो संग छलफल भयो । आन्दोलन आजवाट स्थगित हुन्छ । उनले भने अबको आन्दोलन युवाहरुलाई जागरुक वनाउने रहेको बताए ।
नव प्रर्वद्वन आविष्कार ,देशको प्रतिभालाई अगाडि वढाउन नयाँ किसिमको ऐन कानूनको व्यवस्था गर्नु पर्छ मान्यता पनि सम्झैताले स्थापित गरेको छ ।
























