CG Electronics
IME Life
Ncell NPL

संयुक्त राष्ट्र आर्थिक आयोगद्वारा भेन्चर वेस्ट टु इनर्जीलाई सार्वजनिक-निजी साझेदारी र इन्फ्रास्ट्रक्चर अवार्ड प्रदान

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । सर्कुलर इकोनोमी साथै संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरु ९यूएन एडीजीएस०मा योगदान पुर्याउने भेन्चर वेस्ट टु इनर्जी (भीडब्ल्यू२ई)को धरान नगरपालिकाको घरायसी ठोस फोहोरबाट ऊर्जा परियोजनाका लागि युरोपका संयुक्त राष्ट्र आर्थिक आयोगले नेपाललाई उत्कृष्ट ५ सार्वजनिक–निजी साझेदारी र पूर्वाधार परियोजनामध्ये एकका लागि सम्मानित गरी नेपालले तेस्रो स्थान हासिल गरेको छ।

भेन्चर वेस्ट टु इनर्जी नेपालको पहिलो नगरपालिकाका ठोस फोहोरबाट ऊर्जा परियोजना हो जसको ५० मेट्रिक टन अविभाजित फोहोरहरुको क्षमता छ र जसले दिगो फोहोर व्यवस्थापनका समाधानहरु प्रदान गर्दछ। नेपालको बहुसंख्यक फोहोरमा बायोडिग्रेडेबल अर्गानिक फोहोरहरु भएकाले भेन्चर वेस्ट टु इनर्जीले दैनिक ३० मेट्रिक टन बायोडिग्रेडेबल फोहोरलाई पूर्ण क्षमतामा प्रशोधन गर्न एनारोबिक डाइजेसन टेक्नोलोजीको प्रयोग गरी बायो कम्प्रेस्ड नेचुरल ग्यास ९बायो–सीएनजी० ऊर्जाको नवीकरणीय स्रोतका रुपमा उत्पादन गरी धरानमा टेम्पोहरु चलाउँदै आएका छन्। सोही फोहोरबाट जैविक मलको पनि उत्पादन गरिन्छ।

भेन्चर वेस्ट टु इनर्जीको परियोजनालाई यूएनईसीईको स्वतन्त्र निर्णायकद्वारा विश्वका ५०० भन्दा बढी सार्वजनिक–निजी साझेदारी परियोजनमध्ये शीर्ष ५ फाइनलिस्टका रुपमा चयन गरिएको थियो। नेपाल पहिलोपटक यूएनईसीई सार्वजनिक–निजी साझेदारी र पूर्वाधार अवार्ड २०२३ मा सहभागी भएको थियो र भेन्चर वेस्ट टु इनर्जी टोलीले सातौँ यूएनईसीई अन्तर्राष्ट्रिय सार्वजनिक–निजी साझेदारी फोरममा परियोजना प्रस्तुत गरेर नेपालको प्रतिनिधित्व गरेको थियो। विजयी परियोजनाहरुलाई फोरमका सहभागीहरुले प्रत्यक्ष रुपमा जनताबाट मतदान गरेका थिए र यी सहभागीहरु विभिन्न सार्वजनिक क्षेत्रका अधिकारीहरु, निजी कम्पनीहरु, नागरिक समाज, शिक्षाविद्हरुका साथै अन्तर्राष्ट्रिय संस्थाहरुबाट थिए।

यस परियोजनाले सर्कुलर इकोनोमी, हरितगृह ग्यास उत्सर्जन घटाउने, गरिबी न्यूनीकरण, रोजगारी सिर्जना, फोहोर घटाउने, नवीकरणीय ऊर्जाको प्रयोग र कार्बन तटस्थताको आकांक्षामा योगदान पुर्याएकोमा सम्मान गरिएको थियो। सबै अन्तिम परियोजनाले सामाजिक, वातावरणीय र आर्थिक मापदण्डहरु समावेश गर्ने प्रभावकारी समाधानहरु लागू गरेर नागरिकहरुको जीवनको गुणस्तर सुधार गर्न योगदान पुर्याएबापत मान्यता प्राप्त गरेको छ।

 

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय सेवामा अन्तर्राष्ट्रिय मान्यता

सिटिजन लाइफलाई ISO 9001:2015 प्रमाणिकरण – गुणस्तरीय...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:०४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गुणस्तरीय सेवा, प्रभावकारी...

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब नाघ्दा पनि व्यापार घाटा १२ खर्ब ६७ अर्ब पुग्यो

९ महीनामा निर्यात १८.४६प्रतिशत वृद्धि, २ खर्ब...

वि.सं.२०८३ वैशाख ८ मंगलवार ०९:३१

काठमाडौं । चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो ९ महीना...

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न

‘कोमल अभिभावकत्व’ पुस्तक विमोचन तथा सम्मान कार्यक्रम...

वि.सं.२०८३ वैशाख ७ सोमवार २३:४३

  काठमाडौं । ‘अभिभावक शिक्षा आजको आवश्यकता’ भन्ने मूल नारासहित...

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३० लाख रुपैयाँ, सवा २ अर्बमा पाँचतारे होटल बनाउँदै

लुम्बीनी केबलकारको सञ्चालन आम्दानी १२ करोड ३०...

वि.सं.२०८३ वैशाख ७ सोमवार १२:१८

  काठमाडौंं । आईएमई समूहद्वारा प्रवद्र्धित लुम्बिनी केवलकार लिमिटेडले व्यावसायिक...