CG Electronics
IME Life
NIMB

१२१ जातजातिको जनसंख्या एक प्रतिशतभन्दा कम

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालमा बसोबास गर्ने १२१ जातजातिको जनसंख्या कुल जनसंख्याको एक प्रतिशतभन्दा कम रहेको देखिएको छ ।

राष्ट्रिय तथ्यांक विभागले शुक्रवार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकभर रहेका १४२ मध्ये २१ जाजातिको जनसंख्या मात्रै कुल जनसंख्याको एक प्रतिशतभन्दा धेरै छ ।

तथ्यांक अनुसार कुर्मी, मुसहर, धानुक, पासवान, मल्लाह, दशनामी, केवत, ठाकुर, कल्वार, राजवंशी, शेर्पा, कुमाल, तात्वे, खत्वे, भुजेल, माझी, नुनिया, सुन्दी, धोबी, लोहार, बिन, कुम्हार, सोनार, चेपाङ, रानाथारु, दुनुवार, सुनुवार, हल्वाई, बराई, सुर्दारको जनसंख्या कुल जनसंख्याको एक प्रतिशतभन्दा कम छ ।

 

त्यस्तै, कहर, सन्थाल, बानियाँ, कथाबानियाँ, बादी, उराँव, राजपुत, अमत, गन्गाई, लोध, गडेरी, घले, मारवाडी, कायस्त, कुलुङ, थामी, भुमिहार, राजभार, रौनियर, धिमाल, खवास, ताजपुरिया, कोरी, डोम, माली, दराई, याक्खा, भोटे, बान्तवा, राजधोव, धुनिया, पहरी, बंगाली, गोध, चाम्लिङ, छन्त्याल, थकाली, बादी, बोटे, पुन, ह्योल्मो, खातिक, यम्फु, केवरातको पनि जनसंख्या एक प्रतिशतभन्दा कम छ ।

एक प्रतिशतभन्दा कम जनसंख्या हुने जाजाति बराम, देव, नाछिरिङ, गाइने, बाहिङ, थुलुङ, जिरेल, खालिङ, आठपहरिया, डोल्पो, सर्बरिया, मेवाहाङ, ब्यासी, दुरा, मेचे, राजी, साम्पाङ, खुलावट, चुम्बी, धरीकार, मुण्डा, लेप्चा, कुशवाडिया, हायु, बेल्दार, हल्खोर, लुहारुङ, कुमार, धँडी, डोने, मुगाल, पन्जाबी, किसान, ल्होपा, कलार, फ्रि, कोचे, तोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, बनकरिया र नुराङ पनि हुन् ।

२१ जतजातिको जनसंख्या एक प्रतिशतभन्दा धेरै
विभागले ०७८ मा जनगणना गरेको थियो । सोही गणना अन्तर्गत विभागले शुक्रवार जातजाति, भाषा र धर्मसम्बन्धी विवरणले सार्वजनिक गरेको हो । तथ्यांक अनुसार मुलुभरको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । जसमध्ये २१ जातजातिको जनसंख्या कुल जनसंख्याको एक प्रतिशतभन्दा धेरै छ ।

तथ्यांक अनुसार मुलुकभर सबैभन्दा धेरै जनसंख्या क्षेत्रीको रहेको छ । मुलुकभर क्षेत्रीको जनसंख्या कुल जनसंख्याको १६.४५ प्रतिशत रहेको छ । त्यसपछि पहाडी ब्राह्मणको सबैभन्दा धेरै ११.२९ प्रतिशत रहेको छ । त्यस्तै, मगरको जनसंख्या ६.९ प्रतिशत गरकोे छ । थारुको ६.२ प्रतिशत रहेको छ ।

तामाङको ५.६२, बिश्वकर्माको ५.०४, मुसलमानको ४.८६, नेवारको ४.६, यादवको ४.२१, राईको २.२, परियारको १.९४ प्रतिशत रहेको छ । गुरुङको १.८६, ठकुरीको १.७, मिजारको १.५५, तेलीको १.४८, लिम्बुको १.४२, चमारको १.३५, कुशहवाको १.२२ रहेको छ ।

त्यस्तै, ११ जातिको संख्या एक हजारभन्दा कम रहेको छ । तथ्यांक अनुसार कलार, फ्रि, कोचे, तोप्केगोला, राउटे, वालुङ, ल्होमी, सुरेल, कुसुण्डा, बनकरिया र नुराङ जातिको जनसंख्या एक हजारभन्दा कम छ । जसमध्ये नुराङ जातिको त जनसंख्या देशभर ३६ जना मात्रै रहेको छ ।

 

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको...

वि.सं.२०८३ साउन १० आइतवार १३:२५

    काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा...

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ...

वि.सं.२०८३ साउन ९ शनिवार १६:२९

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका...

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य निर्वाचित

मानार्थ वाणिज्यदूतहरूको संस्था एचसीसीएनको डिनमा सुरज वैद्य...

वि.सं.२०८३ साउन ७ बिहीवार २२:०३

काठमाडौं । प्रतिष्ठित व्यावसायिक घराना वैद्य अर्गनाइजेसन अफ इन्डस्ट्रिज एन्ड...

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा समाधान र लुटेरा ग्रिड–फर्मिङ ऊर्जा सञ्चय प्रणाली सार्वजनिक

ह्वावेले नेपालमा फ्युजनसोलार ९.० स्मार्ट सौर्य ऊर्जा...

वि.सं.२०८३ साउन ६ बुधवार १९:३२

काठमाडौं, साउन ६, २०८३ – ह्वावेले आफ्नो नवीनतम फ्युजनसोलार ९.०...

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं : लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत विक्रम शाह

‘हरित लक्ष्य’ अभियानमार्फत दीर्घकालीन वातावरणीय योगदान गर्छौं...

वि.सं.२०८३ साउन ६ बुधवार ०९:१५

  काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीहरूको सामना...