CG Electronics
Ncell NPL
NIMB

ज्योति विकास बैंकद्वारा कार्डलेस क्यास विडरल सेवाको सुरुवात

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौँ । ज्योति विकास बैंकले डेबिट कार्ड बिना नै एटीएमबाट पैसा निकाल्न सकिने गरी कार्डलेस भुक्तानी सेवाको सुरुवात गरेको छ ।

यो सुविधा अन्तर्गत ग्राहकवर्गले बैंकको मोबाइल बैंकिङ एप तथा वेब ब्राउजर मार्फत प्राप्त ओपीटी कोडलाई एटीएम मेसिनमा प्रयोग गरी सहज र सुरक्षित तरिकाले रकम झिक्न सक्नेछन् ।

डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै ग्राहकवर्गलाई सहजता प्रदान गर्ने हेतुले यो आधुनिक बैंकिङ सेवा विस्तार गरेको बैंकको भनाइ छ । बैंकको मोबाइल बैकिङ एप ज्योती स्मार्ट तथा वेब ब्राउजर ज्योति स्मार्ट।जेबीबीएल।कम।एनपीमार्फत यो सेवा प्रयोग गर्न सकिनेछ ।

 

बैंकको मोबाइल बैंकिङ सुविधा लिएका ग्राहकहरूले विकास बैंकका देशभर रहेका ७५ वटै एटिएमबाट यो सेवा प्रयोग गरी आफुले चाहेको समयमा नगद निकाल्न सक्नेछन् ।

बैंकको यो सुविधा प्रयोग गर्नका लागि ज्योती स्मार्ट प्रयोगकर्ताहरूले एप भित्र रहेको पेमेन्ट आइकनमा थिचे पछि देखिने क्यासलेस विडरल आइकनमा ट्याप गरी मागिएको विवरण प्रदान गर्नुपर्नेछ ।

डिजिटल बैंकिङ्गको प्रयोग बढे संगै बैंकले सोहि प्रक्रियामा चाहिने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य सूचना भने सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा: यामाहाको ब्लु कोड नयाँ वर्ष योजना अब एकदिन बाँकी

रु. ५ लाख जित्ने विजेताको भृकुटिमण्डपमा घोषणा:...

वि.सं.२०८३ वैशाख ५ शनिवार ११:५१

काठमाडौं, नेपाल – १७ अप्रिल २०२६ – Yamaha Nepal ले...

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

सिटीपे र छिटो पैसा बीच मर्जर: डिजिटल...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:५७

  काठमाडौं।नेपालको फिनटेक क्षेत्रमा महत्वपूर्ण परिवर्तनको रूपमा सिटी वालेट प्रा....

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...