अर्थमन्त्री डा. महतद्वारा आन्तरिक राजश्व कार्यालय बिराटनगरको निरीक्षण
Monday Jun 19, 2023
वि.सं.२०८० असार ४ सोमवार ११:३६
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा मन्त्री डा। महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिनुभएको छ ।
‘सेवाग्राही माझ सहज रुपमा प्रस्तुत हुन, ब्यक्तिगत फाइदा नहेर्न, आग्रह गर्दै मन्त्री डा। महतले निर्देशनको क्रममा भन्नु भयो, कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नु होला ।’
‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मुल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो
तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ’ मन्त्री डा। महतले भन्नुभयो, ‘आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ ।
मन्त्री डा। महतले भन्नुभयो, ‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरुले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला । आम नागरिकलाई दुःख दिने काम नगर्नु होला ।’
उच्च मनोबलकासाथ काम गर्न आग्रह गर्दै मन्त्री डा। महतले भन्नुभयो, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला । आगामी आर्थिक बर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नु पर्छ ।’
























