सुनसरीको झोक्राहा नरसिंह गाउँपालिकामा विशेष आर्थिक क्षेत्र घोषणा गर्न सांसद कार्कीको माग
Wednesday Jun 21, 2023
वि.सं.२०८० असार ६ बुधवार ०७:३८
काठमाडौं । नेपाली कांग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा उनले पूर्वी पहाडी जिल्लाहरुमा गएको बाढी पहिरो पीडितको उद्दार र राहतका साथै पुर्नवासको व्यवस्था मिलाउन पनि सरकारसंग आग्रह गरेका छन् ।
उनले भने ‘सुनसरी जिल्ला अवस्थित भोक्राहा नरसिंह गाउँपालिका विशेष आर्थिक क्षेत्रको रुपमा विकसित गर्नका निमित्त, यहाँ पूर्वाधारको व्यवस्था छ ।
तसर्थ, उक्त गाउँपालिकालाई विशेष आर्थिक क्षेत्रको रुपमा परिणत गर्न समामुखमार्फत माननीय अर्थमन्त्रीज्यूको ध्यान आषर्कण गराउन चाहन्छु ।
गत शनिबार संखुवासभा, तेह्रथुम, ताप्लेजुङमा जुन भीषण वर्षा भयो । त्यसबाट त्यहाँ धेरै जन र धनको क्षति भएको छ ।त्यो क्षतिलाई राहत, उद्धार र पुनस्र्थापना गर्दै त्यहाँको जनजीवनलाई सहज बनाउन सरकारको विशेष ध्यान जाओस भन्ने पनि म कामना गर्दछु।’
सांसद कार्कीले पूर्वी पहाडी जिल्लाहरुमा बाढी र पहिरोमा परी धेरै धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई उचित राहत, उद्धार र पुनर्वासको आवश्यक व्यवस्था मिलाउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

























