CG Electronics
IME Life
NIMB

सांसद बास्कोटाको अर्थमन्त्रीलाई प्रश्न : यो आँखै खाने चश्मा कस्ले किन्दियो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले पनौतीका नभएको वडामा बजेट खन्याएर अर्थमन्त्रीले के गर्न खोजेको हो भन्ने आफुले बुझ्न नसकेको बताएका छन् ।

मंगलबार शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा सांसद बास्कोटाले काभ्रेमा नभएका गाउँपालिकालाई पनि बजेट छुट्याएर उदेक लाग्ने काम गरेको बताए ।

उनले भने ‘ कसैले चुरोटको बट्टाको चिर्कटोमा लेखेर कसैले दियो अर्थमन्त्रालयले दिएअनुसार ठाउँ न ठहर त्यहाँ राखिदियो । बुझ न सुझ राख्दियो । ‘म तपाईलाई सोध्छु, यहि पनि छ । पनौती नगरपालिकामा १२ वटा वडा छन् । जुन जिल्लाबाट म प्रतिनिधित्व गर्छु ।

१३ नम्बर वडा कहाँ पर्छ ? मलाई थाहा छैन अर्थ मन्त्री ज्यू शहरी विकास मन्त्री ज्यू । १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ ? ‘कसले दियो त्यो चिर्कटो ? मैले भन्नै पर्ने भो ।

प्रकाश सपुतलाई सम्झिएर सोध्नुपर्ने भयो, यो आँखै खाने चश्मा तिम्लाई कसले किन्दियो ?
सांसद बास्कोटाले नगरकोट हिगुवा पाटी सडक कालोपत्रे गर्न ठिक्क परेको बेला अहिले १० लाख रुपैयाँ मात्र बजेट छुट्याएको भन्दै असन्तुष्टि जनाए ।

आफ्नो रिसकै कारण बजेट काटिएको भए कांग्रेस, माओवादी वा अरु हिँड्न अर्को बाटो बनाउँँछ भनेर बास्कोटाले प्रश्न पनि गरे ।

उनले भने ‘ ‘मैले ब्रिफकेस फुटाएको देखेको थिएँ यही सदनमा म चेतावनीको भाषामा विनम्रतापूर्वक भन्न चाहन्छु, मैले कालो झण्डा लिएर उभिनु नपरोस् । सभामुख महोदय । ’

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत सुधारमार्फत महिला उद्यमीको सशक्तीकरणमा जोड

अन्तर्राष्ट्रिय महिला व्यापार मञ्च सुरु : नीतिगत...

वि.सं.२०८३ असार १ सोमवार २३:००

  काठमाण्डौ— उद्यमी महासङ्घ नेपाल (एफवेन) को नेतृत्वमा ‘अन्तर्राष्ट्रिय महिला...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...