CG Electronics
IME Life
NIMB

यथास्थितिमा बजेट पास गर्न नदिने नेकपा एसको निर्णय

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सत्तारुढ दलमा सामेल नेकपा एकीकृत समाजवादी पार्टी नेकपा एसले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ ।

बिहीवार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यथास्थितिमा बजेट पास गर्न नदिने निर्णय गरेको नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

उनले भने, ‘यो बजेटमा भएको असन्तुलनको सवालमा हाम्रा सदस्यहरु सबैले कडाइका साथ कुरा उठाएका छन् । यथास्थितिमा यो बजेट पारित गर्न हुन्न भन्ने सबैले बोल्नुभएको छ ।’

उनले उक्त विषयलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई राख्न पार्टी अध्यक्ष माधव कुमार नेपाललाई आग्रह गरेको तथा गठबन्धन दलहरु सबैसंग छलफल गरेर बजेटबारे साझा धारणा बनाउँन प्रयत्न गर्ने बताए ।

उनले प्रधानमन्त्रीलाई भेटेरै बजेटबारे धारणा राखेको बताउँदै भने, ‘यथास्थितिमा यो बजेट पारित हुँदैन र यसमा परिवर्तन गरेर,असन्तुलन भएको कुरालाई सन्तुलित बनाएरै मात्रै यो बजेट पारित गर्न सकिन्छ ।’

बजेट बनाउनलाई भोट हाल्नेको संख्या १३८ जना भन्दा बढीले रहेकाले ती सबैले बजेटबारे आवश्यक स्थान र क्षेत्रमा सुधार गरेर भोट हाल्न सक्ने वातावरण बनाएर जाने हो भने सरकार नढल्ने तर बजेट पारित नभए सरकार संकटमा पर्ने टिप्पणी गरे ।

यथास्थितिमा बजेट पारित गर्न नदिने अडान नेकपा एसले कायमै राखेको उनको भनाई छ ।

सिमित मन्त्री र नेताको जिल्लामा पहुँचको आधारमा बजेट खन्याएको भन्दै नेकपा एस लगाएतका राजनीतिक दलले विरोध गर्दै आएका छन् ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...