CG Electronics
IME Life
NIMB

सूचना प्रविधिको विकासले सोचाइमा पनि परिवर्तन आयो : सञ्चार मन्त्री शर्मा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

असार ८, काठमाडौं । ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ सुरू भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा द सोल्टी काठमाडौंमा वर्षकै ठूलो डिजिटल कन्फेरेन्स सुरू भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सुरू भएको ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३ मा विशिष्ट अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको उपस्थिति रहेको छ ।

यस्तै अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउत, पूर्व मन्त्री गणेश शाह, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनाल, क्यान महासंघका अध्यक्ष रञ्जीत पोदार, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ लगायत नेपाल सरकारका उच्च अधिकरी, साझेदार संस्थाका प्रतिनिधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने व्यक्तित्व लगायतको उपस्थिति रहेको छ ।

कार्यक्रममा स्वागत मन्तव्य दिदै आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति राजन लम्सालले डिजिटल रूपान्तरणका लागि डिजिटल सक्षमता मापन गर्ने प्रयास स्वरूप २ दिने कन्क्लेभ आयोजना गरिरहेको बताए।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रडण्डले डिजिटल क्षमता विकास गर्न पूर्वाधारमा जोड दिन जरुरी रहेको बताए।

सरकारले अनुसन्धान, आविष्कार, स्टार्टअप र उद्यमशीलता प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको बजेटमार्फत कुल पुँजीगत बजेटको १ प्रतिशत बजेट खर्च अनुसन्धान र विकासमा हुने व्यवस्था गरेको उनले जानकारी दिए।

सरकारले डिजिटल डिभाइड कम गर्न र डिजिटल अर्थतन्त्रमा जोड दिएको बताउँदै प्रधानमन्त्रीले सूचना प्रविधिको विकासका लागि आवश्यक नीति बनाएर छिटो कार्यान्वयनमा ल्याइने बताए।

यस्तै कार्यक्रमको फायरसाइड पावर संवादमा बोल्दै सञ्चारमन्त्री रेखा शर्माले पछिल्लो समय नेपालमा सूचना प्रविधिको विकाससँगै सोचाइमा पनि परिवर्तन बताइन्।
‘सुरूमा सूचना प्रविधिलाई मनोरञ्जनको साधनका रूपमा लिइन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो सोचाइ परिवर्तन भएको छ। सूचना प्रविधि मनोरञ्जनको मात्र नभएर उत्पादन र डिजिटल अर्थतन्त्रका लागि पनि हो भन्ने छ।’

सबै नागरिकमाझ सूचना प्रविधिको पहुँच पर्‍याउन सरकारले काम गरिरहेको र यस क्षेत्रको विकासका लागि आवश्यक नीति बनाउने तथा परिमार्जन गर्ने काम मन्त्रालयले गरिरहेको उनको दावी छ ।

त्यसैगरी नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले प्रविधिको तीव्र विकासँगै प्रत्येक राष्ट्रको विकासका लागि सूचना प्रविधि महत्त्वपूर्ण भएको र त्यसबाट नेपाल समेत अछुतो नरहेको बताए।

 

कार्यक्रममा आफ्नो मन्तव्य दिदै ह्वावे दक्षिण एशिया क्षेत्रीय कार्यालयका अध्यक्ष पिटर प्यानले डिजिटल नेपालका लागि ह्वावेले सहयोग गर्ने बताए ।

२ दिनसम्म चल्ने कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरुसहित ७० बढी स्रोत व्यक्तिहरू रहेका छन् भने विभिन्न ६ विषयवस्तुमा १५ बढी शत्रहरू सञ्चालन हुनेछन्। कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहेको छ।

उद्घाटन शत्रमा डिजिटल क्यापाबिलिटजको बारे वर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवाल, डिजिटल पोलिसी क्यापाबिलिटज विषयमा चाङ हाक चोई,ह्वावे एशिया प्यासिफिक क्षेत्रका सिनियर इन्डष्ट्री सोलुसन एक्सपर्ट ली युन सेङ र डिजिटल नेपाल पहलको बारेमा सञ्चार सचिव कृष्ण बहादुर राउतले कार्यपत्र प्रस्तुत गरेका थिए ।


उद्घाटनसत्रको समापन पछि प्यानल सेसन सुरू हुनेछ । पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल परिचय ९आइडेन्टिटी० र डिजिटल गभर्नेन्स सम्बन्धि शत्रहरू सञ्चालन हुनेछन् ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’को नारासहित भइरहेको कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिनेछ ।

कन्क्लेभसँगै शीर्ष प्रायोजक ह्वावेले छुट्टै हलमा मिनि मोबाइल वर्ल्ड कंग्रेशको रुपमा मोबाइल नेपाल कंग्रेशको आयोजना गरिरहेको छ । मोबाइल नेपाल कंग्रेशमा सहभागीले फाइभजी, एआईसँगै नयाँ प्रविधिहरुको जानकारी मोबाइल कंग्रेशमा पाउनेछन्।

ह्वावेको सहकार्यमा भइरहेको डिजिटल नेपाल कन्क्लेभ २०२३ मा पावर्ड वाईमा यार्सा टेक, कनेक्टेड बाईमा नेपाल टेलिकम, डिजिटल पेमेन्ट पार्टनरमा आईएमई पे, टिकेटिङ पार्टनर सस्तो टिकट, आईटी ट्रेनिङ पार्टनर ब्रोडवे इन्फोसिस, सेक्युरिटी पार्टनर चेक पोइन्ट लगायतको सहकार्य रहेको छ ।

 

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...