CG Electronics
IME Life
NIMB

प्राइम टाइल्स विथ स्टाइल अब नेपाली बजारमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाडौं । घर तथा आवासमा प्रयोग गरिने टायल स्वदेशमै उत्पादन हुन थालेपछि मूल्यमा गिरावट आएको छ । प्राइम सेरामिक्स टायल उद्योगले स्वदेशमै टायल उत्पादन गरी बजारमा बिक्री वितरण गर्न थालेपछि एकै दिदनमा २० प्रतिशत मूल्य घटेको प्राइम सेरामिक्स् पालिका अध्यक्ष आशिष गर्गले बताए ।

साथै उनले आगामी दिनामा यो मूल्य अझै घट्ने बताए । अनुसन्धान भइरहेको हुँदा पूर्ण रुपमा स्वदेशी कच्चा पदार्थ प्रयोगमा आएपछि लागत कम हुने भएकाले आगामी दिनमा मूल्य अझै घट्न सक्ने उनको भनाइ छ । उनले भविष्यमा नेपाललाई टायलमा आत्मनिर्भर बनाउने र विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको बताए ।

‘प्राइम सेरामिक्सले नेपाली माटोबाट स्वदेशमै उत्पादन गरी बजारमा बिक्री विरतण गर्न थालेपछि टायलको मूल्य १५ देखि २० प्रतिशत घटेको छ, यसअघि २ सय रुपैयाँ पर्ने टायल अब १७० रुपैयाँमा पाउन सकिन्छ, पूर्ण रुपमा स्वदेशी कच्चा पदार्थ प्रयोगपश्चात् टायलको मूल्य शतप्रतिशत घट्छ,’ उनले भने, ‘नेपालमा निकै खनिज छन्, बाहिर ल्याउन नसकेको मात्रै हो, जसरी २० वर्ष अघि सिमेन्टलाई उत्पादन गरेर आत्मनिर्भर हुन सकिन्छ र भन्ने प्रश्न गर्थे, त्यसैगरी नेपाली टायल पनि विदेशमा निर्यात गर्ने उद्देश्य छ ।’

प्राइम सेरामिक्स् प्रा।लीले नेपालमै उत्पादन गरेर बिहिबारदेखि प्राइम–टाइल्स् विथ स्टाइल बजारमा बिक्री वितरण थालेको हो । २ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको टायल उद्योगले स्वदेशमै उत्पादन गरिएको अन्तराष्ट्रियस्तरको रहेको अध्यक्ष गर्गको भनाइ छ । रौतहटको बृन्दावन नगरपालीका ६ स्थित १० बिघा क्षेत्रफलमा इटालीयन प्रविधी जडान गरी उद्योग सञ्चालनमा आएको उनले बताए ।

भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा वार्षिक १५ अर्ब रुपैयाँ बराबरको रकम टायल आयात हुने गरेको छ । जसमध्ये ९९ प्रतिशत टायल भारतबाटै आयात हुने गरेको छ । साथै, चाइना, मलेसीया, इटालि, स्पेनलगायतका देशबाट पनि टायल आयात हुने गरेको छ । तर, पछिल्लो समय टायलमा भारत ठूलो प्रतिस्पर्धी मुलुक बनेको अध्यक्ष गर्गले बताए । २५ सय किलोमिटर टाढा भारतको गुजरातबाट टायल आयात हुँदा मूल्य पनि दोब्बर तिर्नु परेको उनले बताए ।

गर्गका अनुसार गुजरातमा उत्पादन भएको टायल ९९ प्रतिशत जनताले प्रयोग गर्छन् । १८ सय उद्योग एउटै ठाउँमा सञ्चालन गरेर भारतले टायलमा ठूलो प्रगति गरेको उनले बताए । साथै, ४० हजार करोड भारतीय रुपैयाँ बराबरको टायल उद्योग गरी ३० वटा देशमा निर्यात पनि गरिरहेको उनको भनाइ छ । अब नेपालमा टायल उत्पादन हुन थालेपछि सस्तो मूल्यमा उपभोक्ताले प्रयोग गर्न पाउने गर्गले बताए ।

‘भन्सारमा ४० प्रतिशत अन्तशुल्क तिर्नु पर्छ र, यो विलासीताको प्रडक्ट भएकाले सरकारले धेरै राजश्व उठाउँछ, भारतमा १ सय रुपैयाँमा पाउने टायल नेपालीको घरमा पुग्दा २ सय रुपैयाँ पर्छ,’ उनले भने, ‘अब स्वदेशमै आयात हुन थालेपछि २ सय रुपैयाँ पर्ने टायल १७० रुपैयाँमा पाइनेछ, उपभोक्तालाई सपनाको घर बनाउने चाहना प्राइम सेरामिक्सले पुरा गर्छ ।’

लामो समयदेखि नेपालमा टायल तथा सोही प्रकृतिका सामान आयात गरेर व्यापार गर्दै आएका व्यवसायीहरु आशीष गर्ग, प्रशान्त अग्रवाल लगायतले मधेस प्रदेशको रौतटहमा प्राइम सेरामिक्स उद्योग स्थापना गरेका हुन् । अब ब्यापारी मात्रै नभई उद्योगी बनेर टायलमा देशलाई आत्मनिर्भर बनाउने अध्यक्ष गर्ग बताउँछन् । बहुर्राष्ट्रिय इटालियन कम्पनी जडान गरी हाल २ फिट चौडा र ४ फिट लम्बाई भएका टायल उत्पादन गरिरहेको उनको भनाइ छ । उनका अनुसार घरमा टायल प्रयोग गर्दा आफ्नो तस्विर भएको टायल लगाउन चाहना छ भनेपनि त्यो डिजाइन उपलब्ध रहेको छ । २५० डिजाइनका टायल उत्पादन भइरहेको उनले बताए ।

‘हामीले इटालियन प्रविधि जडान गरेर भारत, इटाली, स्पेनमा उत्पादन हुने टायल जस्तै बलियो र गुणस्तर टायल उत्पादन गरिरहेका छौं, सानोदेखि ठूलोसम्म सबै प्रकारका टायल छन्, पहिलो चरणमा २ देखि ४ फिटसम्मका टायल बजारमा पठाएका छौं,’ उनले भने, ‘अहिलेसम्म भारतको चाहना अनुसारका डिजाइन भएका टायल बजारमा छन्, नेपाली डिजाइनको उत्पादन भएपछि आज अर्डर गरेर भोलि सोही डिजाइन अनुसार पाइनेछ, आफ्नो फोटो पनि टायलमा छाप्न मन छ भने त्यो सेवा पनि उपलब्ध गराउँछौं ।’

२ दशकदेखि टायल आयात गरिरहेका गर्ग जलविद्युत व्यवसायी पनि हुन् । व्यवसायबाट उद्योगी बनेका गर्ग सीएमएस ग्रुप ९कन्स्ट्रक्सन मेट्रियल सोलुसन०का अध्यक्ष हुन् । आजदेखि बजारमा टायल आएपछि आयात घट्दै जाने उनको तर्क छ । उनको उद्योगमा ३ सय जनाले रोजगारी पाएका छन् । नेपाली इन्जिनियरलाई सिप सिकाएर दक्ष जनशक्ति उत्पादन गर्ने र वातावरणमैत्री उद्योग बनाउने उनको योजना छ ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...