CG Electronics
IME Life
NIMB

किसानले सहजै कर्जा पाउनेगरी एनएमबि बैंक र खेती एपबीच सम्झौता

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एनएमबि बैंकले किसानहरुको लागि नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले आज असार १५ को अवसर पारेर ‘खेती किसानकै लागि’ नामक डिजिटल कर्जाको सुरुवात गरेको हो ।

बैंकले डिजिटल कर्जा प्रवाह गराउनको लागि आज खेती एप र बैकबीच सम्झौता गरेको छ । बैंकले पूर्ण स्वचालित रूपमा किसानलाई कर्जा उपलब्ध गराउने भएको छ । बैंकले खेतीपातिमा संलग्न रहेका नेपाली किसानलाई कर्जा उपलब्ध गराउने उदेश्यले नयाँ कार्यक्रम ल्याएको हो । बैंकले सार्वजनिक गरेको सो कर्जाले आम नेपाली कृषकहरुलाई उत्पादन र व्यवसायिक खेती गर्न सहयोग पुग्ने विश्वास लिएको छ ।

कार्यक्रममा एनएमबि बैंकका सिईओ सुनिल केसीले कृषि, उर्जा र पर्यटनमा मौद्रिक नीति केन्द्रित गर्न आग्रह गरेका छन् । साथै, उनले बैंकले कृषिमा लगानी गर्न प्रोजेक्ट खोजिरहेको र बैंकले बेस रेट प्लस ०।५ प्रतिशतमा ऋण दिरहेको बताएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै खेती एपका सिइओ तुलसी गिरीले अवको पाइला कृषिलाई डिजिटलाईजेशन गरी उत्पादनमुखी बनाई अगाडी बढाउन कदम चाल्नुपर्ने बताए । साथै, उनले आफ्नो कृषि एपले १०औं बर्षदेखि किसानको दुःखमा साथ दिदै आएको बताएका छन् । खेती एप सबैखाले कृषकहरुको भरपर्दो डिजिटल साथी रहेको खेती एपले जनाएको छ ।

बैंकले एक बर्षदेखि कृषिमा आवद्ध भएका कृषकहरुलाई सो कर्जा उपलब्ध गराउने भएको छ । उक्त कर्जाको सेवा सुविधा प्राप्त गर्नको लागि कृषकहरुलाई कुनै पनि मध्यस्तकर्ताको आवश्यकता नरहेको बैंकले जनाएको छ । कृषकले आफ्नो योग्यता र आवश्यकताको आधारमा खेती एप मार्फत सजिलै कर्जा सुविधा पाउन सक्नेछन् ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...