CG Electronics
IME Life
NIMB

भुक्तानी सेवा प्रदायक इसेवामार्फत जिवन बीमा कम्पनीहरुको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत जिवन बीमा कम्पनीहरुको नवीकरण गर्दा ५० हजार रुपैयाँ जित्न सकिने भएको छ ।

आफ्ना प्रयोगकर्तालाई अनलाइनमार्फत कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले इसेवाले सो किसिमको अफर सार्वजनिक गरेको हो । यस अफरमा बैंक लिंक खातामार्फत भुक्तानी गर्दा हरेक दिन १ जनाले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसका साथै योजनाको अन्त्यमा भाग्यशाली १ जना विजेताले ५० हजार रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ ।

 

उक्त योजना असार २५ गतेसम्म सञ्चालन हुनेछ । दैनिक क्यासब्याक बिजेताको घोषणा हरेक हप्ताको अन्त्यमा इसेवाको फेसबुक पेज तथा ब्लगमार्फत गरिनेछ भने बम्पर उपहार विजेताको घोषणा इसेवाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ। यस योजनामा सहभागी हुन इसेवा प्रयोगकर्ता केवाईसी भेरिफाइड भएको हुनुपर्नेछ । यस योजनामा कुनै पनि जीवन बीमा कम्पनीको इसेवामार्फत नवीकरण गर्न सकिनेछ।

हाल इसेवाको सेवा एन्ड्रोइड तथा आईओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका २ लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्सको प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २ हजार ५०० वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल कन्टेस्टका क्षेत्रीय विजेताहरूको घोषणा गर्दै राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु

एमएडब्लू राइड्स प्रा.लि. द्वारा यामाहा सेल्स स्किल...

वि.सं.२०८३ जेठ १७ आइतवार २२:४१

  नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले...

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो ५० ग्राहकलाई ४९.९९ लाखमै उपलब्ध

ओमोडा ई५ प्रोको आकर्षक अफर : पहिलो...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:५०

  नेपालका लागि ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको निष्कर्ष

बजेटले अर्थतन्त्र पुनरुत्थानको आधार तयार गरेको सिबिफिनको...

वि.सं.२०८३ जेठ १७ आइतवार १२:५६

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि ४० लाख रुपैयाँसम्म बढ्न सक्ने

बजेटपछि विद्युतीय गाडी महँगिने, मूल्य १ लाखदेखि...

वि.सं.२०८३ जेठ १७ आइतवार ११:३८

  सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विद्युतीय सवारी...

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वैद्य अर्गनाइजेसन बन्यो अल्ट्राभायोलेटको आधिकारिक विक्रेता

वि.सं.२०८३ जेठ १७ आइतवार १०:१०

६२ वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रमा सक्रिय प्रतिष्ठित व्यावसायिक घराना वैद्य...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई आर्थिक सहयोग

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपालबाल सेवा फाउन्डेसनलाई...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:५४

  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...