सिंगापुरविरुद्व नेपालको राम्रो प्रर्दशन : छैटौँ विकेट लिएपछि सिंगापुर संकटमा
Monday Jul 03, 2023
वि.सं.२०८० असार १८ सोमवार १२:१५
सिंगापुरविरुद्व नेपालको राम्रो प्रर्दशन स् छैटौँ विकेट लिएपछि सिंगापुर संकटमा
काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ ईस्ट जोन कपको सेमिफाइनलमा नेपालले सिंगापुर विरुद्वको खेलमा छैटौँ सफलता प्राप्त गरेको छ ।
नेपालका लागि पहिलो ओभरको अन्तिम बलमा कप्तान अभिषेक तिवारीले पहिलो विकेटसंगै राम्रो सुरुवात गरेको नेपालले २३ ओभर २ बलमा ६१ रन दिएर ६ विकेट लिएको हो ।
त्यसअघि टस जितेर पहिला गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८५ रन बनायो ।
नेपालका ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए ।
मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८ र प्रतिक भट्टराई १२ आउट भए । कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए ।
सिंगापुरका हरिहरनले ३ तथा कप्तान हर्ष वेंकटराम र कबिरले समान २÷२ विकेट लिए ।
























