CG Electronics
IME Life
NIMB

गाउँगाउँमा सिंहदरबार : ईन्टरनेट सेवा नहुँदा १ दिन पैदल हिडेर सेवा लिदै मुगुमवासी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

मुगु । सिंहदरवारको अधिकार गाँउ गाँउमा भन्ने सरकारको मूल नारालाई चुनौती दिदंै अझै पनि गाउँघरमा प्रवाह हुने सेवाहरु प्रभावकारी बन्न सकेका छैनन् । साना तिना समस्याले पनि ठूला समस्या खडा गरिदिदा दुर्गम भेगका जनताले पाउने सास्ती घटेको छैन् ।

मुगु जिल्लाकोे उतरपूर्वी भेगमा पर्ने मुगम कामारोङ्ग गाँउपालिकामा रहेका १,२,३,४ वडा कार्यालयमा ईन्टरनेट सेवा नहँुदा नागरिकहरुले जन्म,मृत्यू,वसाईसराई सेवा लिन १ दिन पैदल हिडेर पालिकामा रहेको संयुक्त वडा कार्यालयमा जानु पर्ने बाध्यता रहेको छ ।

मुगम कामारोङ्ग गाउँपालिका क्षेत्रफलले निकै ठूलो भएपनि जनसंख्याको हिसाब थोरै रहेको ९ वडा भएको एक पालिका हो । कष्टकर भुगोलका कारण एक बस्तीबाट अर्को बस्ती पुग्न् ३ देखि ५ घण्टा सम्म हिड्नु पर्ने हुन्छ ।

पछिल्लो समयमा सरकारले पञ्जिकाधिकारीबाट हुने जन्म,मृत्यू,वसाई सराई,सामाजिक सुरक्षा भत्ता समेत अनलाईनमार्फत दर्ताको व्यवस्था गरेको हुँदा मुख्यत वडामा सचिव नबस्ने, त्यसमाथि ईन्टरनेटको सुविधा नहुँदा सामान्य सेवा लिनको लागि पनि २ देखि ५ घण्टा हिडेर पालिकबाट सेवा लिनु पर्ने बाध्यता रहेको समाजसेवी गुरुस्याङ्गा लामाले बताए ।

वडा कार्यालयमा नत बत्ति छ नत ईन्टरनेट नै । दैनिक एक दिन हिडेर सामान्य सिफारिस लिनको लागि पालिका कार्यालय पुलुमा पुग्नु पर्ने बाध्य हुँदा नागरिकहरुले निकै दुःख पाउने गरेको मुगमकामारो गाउँपालिका वडा नम्र १का वडा अध्क्षय कामाटुन्डुप लामाले बताए ।

सन् २०२४ सम्म पञ्जिकरण सम्बन्धि बसै सेवालाई अनलाईनबाट सन्चालन गर्ने नेपाल सरकार गृह मन्त्रालयको परिपत्र अनुसार मुगम कामारोङ्ग गाँउपालिकाका १ देखि ९ वडा सम्मका सबै मृत्यू ,जन्म,वसाईसराई लगायतका सेवाहरु अनलाईनबाट दर्ता सुरु गरिएका छन ।

पालिकाबाट प्रत्येक वडा कार्यालयमा ईन्टरनेटको सेवा बारे पहल गर्दा वडाको बजेट भन्दा बढी खर्च लाग्ने भएकोले वडा कार्यालयमा ईन्टरनेट,विद्युतको सेवा नहुँदा पालिकाको केन्द्र रहेको पुलुमा अवस्थित संयुक्त वडा कार्यालयबाट जनतालाई सेवा दिने गरेको मुगम कामारोङ्ग गाँउपालिका १ र २ वडाका वडा सचिव ईश्वर सिंहले बताए ।

मुगुम कामरोङ्ग भूगोल र भैतिक पूर्वधार ठूलो क्षेत्र रहेको पालिका हो । १ देखि ४ वडासम्म ईन्टरनेट नहँुदा निकै समस्या भएको छ भने ५ देखि ९ वडासम्म ईन्टरनेट सेवा उपलब्ध छ ।

ईन्टरनेट सेवा नभएका वडा र पालिका भित्र रहेका स्वास्थ्य सस्था,बिद्यालयमा समेत ईन्टरनेट सेवा प्रवाह गर्नको लागि आ.व ०८०।०८१को नीति तथा कार्याक्रममा बजेटको व्यवस्था गरिएको हुँदा अवको ३ ÷४ महिना भित्र सबै वडाहरुमा ईन्टरनेट सेवा पुर्याउने गरी कार्य भईरहेको मुगम कामारोङ्ग गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास चन्द्र रावलले जानकारी दिए ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...