बालुवाटारले पर्यटन मन्त्रीलाई चड्कन हान्ने, जनमतलाई सरकारमा तान्ने !
Monday Jul 03, 2023
वि.सं.२०८० असार १८ सोमवार १९:४५
सत्ता गठबन्धनमा जनमत पार्टीलाई पनि सरकारमा ल्याउने सहमति भएको छ ।
आज बालुवाटारमा बसेको बैठकले जनमतका अध्यक्ष डा. सिके राउतलाई बालुवाटारमा बोलाएर छलफल गर्ने निर्णय भएको नेकपा एसका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले बताए ।
उनले भने, ‘मन्त्रालयको बारेमा चाहिँ अहिले भन्न सकिँदैन । अब दुईवटा मागेका छ भने राज्यमन्त्री दिने कि भन्ने कुरा भएको छ । त्यहीअनुुसार सरकारमा जनमतलाई आमन्त्रण गर्ने सहमति भएको छ ।’
माओवादीले सम्हालेकै एक मन्त्री फिर्ता बोलाएर जनमतलाई एक मन्त्री र एक राज्यमन्त्री दिईने छ। सम्भवत पर्यटन मन्त्रालय खाली गराईनेछ। त्यहाँ सुदन किराँती मन्त्री र शुशीला श्रीपाली राज्यमन्त्री छन् । दुबै विबादमा आएका कारण हटाईने प्रचण्डको सचिवालय श्रोतले बताएको छ।
























