CG Electronics
IME Life
NIMB

देशभरका यातायात कार्यालय हुने सेवा प्रवाह विद्युतीय प्रणालीबाट सञ्चालन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधि मैत्री र सहज बनाउन विद्युतीय सेवा प्रवाह प्रणाली सञ्चालनमा ल्याएको छ ।

बुधबार मन्त्रालयमा आयोजित सवारी चालक अनुमतिपत्रको अनलाईन राजस्व भुक्तानी सहितको विद्युतीय सेवा प्रवाह शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले विद्युतीय सेवा प्रवाह प्रणाली जततउकस्बउउथिमलिभध।मयतm।नयख।लउ सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन ।

उनले भने ‘ साविकमा सवारी चालक अनुमतिपत्रका लागि अनलाईन आवेदनको व्यवस्था भए पनि सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सेवाग्राहीले लिखित तथा प्रयोगात्मक परीक्षा स्थल बाहेक यातायात कार्यालयमा नै धेरै पटक लाइन बस्नुपर्ने गरेको अवस्था विद्यमान छ ।

यसले गर्दा सेवाग्राहीले धेरै समय र मेहनत खर्च गर्नुपरेको छ भने यातायात कार्यालयमा समेत धेरै कर्मचारी खटाउनुपर्ने, कर्मचारी विदामा बस्दा सेवा प्रभावित हुने जस्ता समस्या रहेका छन्। सवारी चालक अनुमतिपत्र सम्बन्धी काम धेरै शाखा तथा फाँटबाट हुँदा अभिलेख व्यवस्थापन समेत त्यत्तिकै चुनौतीपूर्ण रहेको छ । ’

यो प्रणाली पूर्ण रुपमा लागू भए पश्चात सेवाग्राहीहरु लिखित तथा प्रयोगात्मक स्थल बाहेक यातायात कार्यालयमा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तरगतको यातायात व्यवस्था कार्यालय, कास्कीमा २०८० असार २० गते देखि परीक्षणको रुपमा लागू गरिएको छ । आगामी एक महिना भित्रमा यसलाई देशका सबै प्रदेश सरकार अन्तरगतका यातायात व्यवस्था कार्यालय÷सेवा कार्यालयहरुमा लागू गर्ने लक्ष्य लिइएको छ । यसबाट नेपाल सरकारले आ. व. २०८०÷०८१ को नीति तथा कार्यक्रममा व्यक्त गरेको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने छ ।

अनलाईन राजश्व भुक्तानी सुविधा सहितको विधुतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाहलाई कानुनी आधार प्रदान गर्न सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट “विद्युतीय माध्यमबाट सवारी चालक अनुमतिपत्रको सेवा प्रवाह गर्ने सम्बन्धी कार्यविधि निर्देशिका, २०८०“ जारी हुदैछ । यसले गर्दा विधुतीय सेवा प्रवाहलाई कानुनी आधार प्रदान गर्नेछ ।

विधुतीय सेवा प्रवाह प्रणालीमा नयाँ आवेदक, वर्ग थप गर्न चाहने आवेदक, नवीकरण गर्न चाहने आवेदक, पहिले आवेदन गरेका तर परीक्षामा सफल हुन नसकेका आवेदकका लागि अलग अलग पोर्टलहरु रहेका छन ्।

आवेदक प्रणालीलाई गृह मन्त्रालयको नागरिकता व्यवस्थापन सूचना प्रणाली र यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीसंग आवद्ध गरिएकाले नयाँ आवेदकले भर्ने आवेदन फाराममा नागरिकता व्यवस्थापन सूचना प्रणालीबाट र वर्ग थप तथा नवीकरणका लागि आवेदन पेश गर्दा यातायात व्यवस्था विभागको सवारी चालक अनुमतिपत्र प्रणालीबाट विवरण स्वतः प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

 

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...