CG Electronics
IME Life
NIMB

बागमती सुधार आयोजना अन्तर्गतको काममा हालसम्म ४ अर्ब पूँजीगत खर्च : मन्त्री गुरुङ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले अधिकार सम्पन्न बागमती सुधार आयोजना अन्तर्गतको काममा हालसम्म १४ अर्ब पूँजीगत भएको जानकारी दिएकी छिन् ।

बुधवार पूर्वाधार विकास समितिको बैठकमा सहभागी सदस्यहरुले बागमती सुधार आयोजनाको स्थापनाकालदेखिको हालसम्म प्रगति विवरण माग गरेका थिए ।

बैठकमा मन्त्री गुरुङले बागमती नदी र सोसंग जोडिएका अन्य तेह्र वटा नदी सरफाई, करिडोर निर्माण,नदी क्षेत्रमा पर्ने विविध सम्पदा संरक्षण लगायतका विभिन्न कार्यका लागि १४ अर्ब पूँजीगत खर्च भएको जानकारी दिएकी हुन् ।

उनले भनिन्, ‘हालसम्मको पूँजिगत खर्च १४ अर्ब भएको छ । सहयोगी संघ संस्था र निकायले दिएको रकम त्यसमा बढी खर्च भएको छ । यो बीचमा नख्खु, हनुमन्ते, विष्णुमती, मनोहरा, कर्मनासा, गोदावरी लगायतका बागमती नदीसँग जोडिएका अन्य १३ ओटा खोला तथा नदीहरुमा हामीले काम गरिरहेका छौं ।’

बागमती सरसफाई अभियान सञ्चालनको २९ वर्षमा हालसम्म नदी तथा तटबन्ध निर्माण कायर्मा ९१ किलोमिटर निर्माण सम्पन्न भएको पनि मन्त्री गुरुङले बताइन ।

उनले ढल निर्माणको लागि ११६ किलोमिटर,नदी तथा खोला आसपासका सडक निर्माणमा ४४ किलोमिटर विस्तार भएको ,फोहोर पानी प्रशोधन केन्द्र निर्माण गरेको, बागमती किनारमा रहेका ६१० रोपनी जग्गाको मुआब्जा दिने कार्य सम्पन्न भएको र १२३ रोपनी जग्गामा आवश्यक कार्यालय भवनहरु निर्माण सम्पन्न गरेको पनि जानकारी दिइन् ।

अधिकार सम्पन्न बागमती सुधार आयोजनाको कार्य छिटो छरितो रुपमा सम्पन्न गर्न सरकारले पूर्वाधार विकास समिति अन्र्तगत कार्यकारी समितिको व्यवस्था गरेको छ । उक्त समितिको आज बसेको बैठकमा शहरी विकास मन्त्री गुरुङले आयोजनाको बारेमा पछिल्लो प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।

 

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...