CG Electronics
IME Life
NIMB

थ्रेड सार्वजनिक पछि एलन मस्क र मार्क जुकरबर्ग मार्सल आर्टका लागि आमने सामने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । एलन मस्क र मार्क जुकरबर्ग दुबै विश्वका सर्वाधिक धनी र सफल व्यवसायी हुन् । जुकरबर्ग फेसबुक र इन्ट्राग्राम जस्ता सामाजिक सञ्जालमा राज गर्छन भने मस्क टेस्लाका मालिक र ट्वीटर किनेर चर्चामा आएका छन् । तर अहिले यी दुबै मिक्स मार्सल आर्ट फाइटका लागि आमने सामने हुने अवस्थामा पुगेका छन् ।

एलन मस्कले कुस्ती खेल्न चुनौती दिएपछि मार्क जुकरबर्गले सन् २०१२ यता पहिलो पटक ट्वीट गरेका छन् ।
ट्वीटरलाई प्रतिष्पर्धा गर्न सामाजिक सञ्जाल थ्रेड सार्वजनिक गरेको केही घण्टामा सीईओ जुकरबर्गले दशक लामो अवधिपछि पहिलो पटक ट्वीट गरेका हुन् ।

उनले बिहीबार एलन मस्कलाई लक्षित गर्दै स्पाइडर म्यान आपसमा भिडिरहेको मिम शेयर गरेका छन् । ट्वीटरको पोस्टमा भने कुनै क्याप्सन राखिएको छैन । यसलाई ट्वीटर र थ्रेडबीचको प्रतिस्पर्धा सुरु भएको घोषणाको रूपमा समेत लिन थालिएको छ ।

मङ्गलबार जुकरबर्गले ट्वीटर सिद्ध्याउने गरी प्रतिस्पर्धीको रूपमा थ्रेड उतारेका थिए । मेटाले थ्रेडलाई एउटा छुट्टै एपको रुपमा ल्याएको भए पनि यो एप इन्स्टाग्राम अकाउन्टमा आधारित छ ।

खास तवरमा थ्रेड ट्वीटर जस्तै छ । एपको मुख्य फिडमा इन्स्टाग्रामको एल्गोरिदमले सुझाएका साथै फलो गरिएका अकाउन्टका पोस्टहरू देखिन्छन् । त्यस्ता पोस्टहरूलाई तपाईंले रिपोस्ट गर्न सक्नु र त्यसमा कमेन्ट गर्न हुन्छ ।

हाल थ्रेडमा फोटो तथा पाँच मिनेट लामो भिडिओ सहित ५ सय क्यारेक्टर लामो पोस्ट गर्न सकिन्छ । थ्रेडलाई गहिरो गरी इन्स्टाग्राम अकाउन्टसँग गाँसिएकाले थ्रेडमा गरेको पोस्टलाई तुरुन्तै इन्स्टाग्रामको स्टोरी तथा फिडमा राख्न सकिन्छ ।

यो एपमा तस्वीर, शर्ट, उच्च गुणस्तरका भिडिओ समेत पोस्ट गर्न सकिन्छ । “यो एपमा एक अर्बभन्दा बढी मानिसले सार्वजनिक कुराकानी गर्न सक्नेछन्,“ थ्रेड सार्वजनिक भएपछि एक पोस्ट गर्दै जुकरबर्गले भनेका छन्, “ट्वीटरसँग यो अवसर थियो, तर गर्न सकेको छैन ।

आशा छ हामी त्यो गर्नेछौं ।“
यो एप प्रारम्भिक चरणमा विश्वका १ सय देशमा उपलब्ध भए पनि युरोपमा भने छैन ।

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ :प्रधामन्त्री शाह

भारतले मात्र नभई, नेपालले पनि भारतको जग्गा...

वि.सं.२०८३ जेठ १७ आइतवार १५:३७

  काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद केवल...

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाइँदै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:०४

  काठमाडौं । आज (आइतबार) विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस...

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत : लोकप्रसाद दाहाल

एनआरएनलाई आर्थिक विकासको साझेदार बनाउने बजेटको संकेत...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:५२

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्...

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया ठुली माया तामाङको ज्यान

बेथानचोक शोकमा : हुरीबतासले लियो ७० वर्षीया...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:३६

  काभ्रे । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–६, काभ्रे भुरुङ्गेटोलमा आएको हुरीबतासका...

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग अन्तक्रिया गर्ने

बजेटबारे अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सञ्चारकर्मीसँग...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:२०

  काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को...

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी संघको आपत्ति, अध्यक्ष गुरुङको नेतृत्वलाई पूर्ण समर्थन

वैधानिक नेतृत्वविरुद्ध भ्रम फैलाउने गतिविधिप्रति महिला व्यवसायी...

वि.सं.२०८३ जेठ १७ आइतवार ०९:०१

  काठमाडौं । नेपाल वैदेशिक रोजगार महिला व्यवसायी संघले नेपाल...