पैसा नभएकै कारण अकालमा ज्यान गुमाउने अवस्था सरकारले अन्त्य गर्छ : स्वास्थ्य मन्त्री बस्नेत
Friday Jul 07, 2023
वि.सं.२०८० असार २२ शुक्रवार २२:३१
काठमाडौं । स्वाथ्यमन्त्री मोहन बस्नेतले, पैसा नभएकै कारण उपचार गर्न नसक्ने जनताको जिम्मा सरकारले लिने बताएका छन् ।
सिन्धुपाल्चोकको इन्द्रावती नदीमा मेलम्ची बेलिवृज उद्घाटन गर्दै उनले पैसा नभएका जनताको उपचारको जिम्मा राज्यले लिनु पर्छ भन्ने संवैधानीक जिम्मेवारीलाई पुरा गर्न आफूले काम गरिरहेको दाबी गरे ।
‘स्वास्थ्य उपचार जनताको नैसर्गिक अधिकार हो मौलिक हक हो भनेर लेखिएको छ । तर व्यवहारमा त्यस्तो हुन सकिरहेको छैन् । राज्यले त्यो सबै काम गर्न सकिरहेको छैन् । हामीले त्यो गर्न जरुरी छ ।
’ उनले भने ‘पैसा नभएको कारणले उपचार गर्न नसक्ने जनताको जिम्मा राज्यले लिनुपर्छ भन्ने अठोट संविधानले लिएको छ । त्यहि अनुसार काम गर्ने कदम मैले अघि बढाएको छु । ’
त्यस्तै नेपाली सेनाका प्रधान सेनाका प्रधानसेनापति प्रभु राम शर्माले, पुल निर्माणपछि सिन्धुपाल्चोकका आम नागरिकको जनजीवनमा सकरात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । निशान छोएर खाएको कसममा पनि राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेको हुन्छ भन्दै आम नागरिकको हितका लागि सदैव काम गर्ने उनको भनाई छ ।
मेलम्ची नगरपालिका, इन्द्रावती नगरपालिका तथा पाँच पोखरी गाउँपालिका जोड्ने पुल नेपाली सेनाले निर्माण गरेको हो ।
























