CG Electronics
IME Life
NIMB

एमाले काठमाडौं महानगर कमिटीले मनायो पुष्पलालको ४५औं स्मृति दिवस

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अस्तु आफूहरूले नेपाल ल्याएको बताएका छन् । ४५औं स्मृति दिवसको अवसरमा एमाले काठमाडौं महानगर कमिटीले पुष्पलाल पार्क डल्लु पुलमा आयोजना गरिएको कार्यक्रममा उनले भारतमा मृत्यु भएको श्रेष्ठलाई नेपालमा ल्याउनसमेत नदिएको बताए ।

उक्त समयमा लुकीछिपी आफूहरूले श्रेष्ठको शव नेपाल ल्याएर पशुपतिमा अन्त्येष्टि गरिएको बताए । उनले भने, ‘आफूहरूले लुकिछिपी भारतबाट शव ल्याउन सफल भयौं तर, भोटाहिटीबाट पशुपतिसम्म लानसमेत लुकिछिपी जान पर्‍यो ।’ उनले अहिले उनै श्रेष्ठको स्मृतिमा एमालेले देशव्यापी कार्यक्रम आयोजना गरिरहेको बताए ।

पुष्पलालको जन्मभूमि रामेछापमा पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार कार्यक्रम गर्न महासचिव शंखर पोखरेल गएको र काठमाडौंमा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दिउँसो कार्यक्रम गरिने उनले बताए ।

पूर्वमन्त्री तथा एमाले काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले आफ्नो दाइ गंगालाललाई राज्यले मारेपछि पुष्पलालले संगठन निर्माण सुरु गरेको बताए । रगतले मृत्युका लागि हस्ताक्षर गरेर उनले एक्लै संगठन विस्तार सुरु गरेको भन्दै पोखरलेले राणा शासनलाई अन्त्य गर्ने ठुलो आँट गर्ने पुष्पलाल महान व्यक्ति भएको बताए । श्रेष्ठकै नेतृत्वमा काठमाडौंमा पहिलो जनआन्दोलन सुरु गरेको उनले बताए ।

त्यस्तै पूर्वमन्त्री एवं काठमाडौं महानगर इन्चार्ज रामेश्वर फुयालले देशको इन्जिनियरिङ श्रेष्ठले गरेको बताए । विश्वमा आन्दोलन चलिरहेको समयमा नेपालमा राजनीतिक इन्जिनियरिङ गर्ने र देश विकासको परिकल्पना श्रेष्ठले गरेको उनको दाबी छ । श्रेष्ठ जस्तो राजनेता नेपालका कमै भएको उनले बताए । उनले एमालेले पुष्पलालले देखेको सपना र उनले कोरेको राजनीतिक बाटोबाटै अघि बढीरहेको बताए । उनले नेपालको राजनीति मुलत पुष्पलालकै योजनाअनुसार अघि बढी रहेको बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाको पूर्वमेयर विद्यासुन्दर शाक्यले पुष्पलालले नेपालमा कांग्रेसबाट देशको परिवर्तन सम्भव नभएको भन्दै कम्युनिष्ट पार्टी खोल्न ठुलो आँट गरेको बताए । तर, उनको जीवनको उत्तराद्र्धधमा सबैले गाली गरेपनि अहिले सबै कम्युनिष्ट पार्टीले सम्मान गर्ने व्यक्तिको रूपमा स्थापित भएको बताए । व्यक्तिलाई मरणोउप्रान्तभन्दा जीवन कालमै सम्मान गर्नुपर्ने उनले बताए । पुष्पलालकै योजना २०४६ सालको जनआन्दोलन सफल भएको सुनाउँदै शाक्यले श्रेष्ठले अवलम्बन गरेको नीतिहरू आज पनि उत्तिकै सान्र्दभिक र आवश्यक भएको बताए ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले कम्युनिष्ट पार्टी मात्र समाज परिवर्तनको अगुवा भएको तथ्य स्थापित गरेको बताए । समाज परिवर्तनका लागि पुष्पलालले सारेको योजनाले अहिले पनि आम युवा वर्गमा उर्जा प्रदान गर्ने उल्लेख एमाले काठमाडौं महानगर कमिटीले मनायो पुष्पलालको ४५औं स्मृति दिवस

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संघीय सांसद कृष्ण गोपाल श्रेष्ठले नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अस्तु आफूहरूले नेपाल ल्याएको बताएका छन् । ४५औं स्मृति दिवसको अवसरमा एमाले काठमाडौं महानगर कमिटीले पुष्पलाल पार्क डल्लु पुलमा आयोजना गरिएको कार्यक्रममा उनले भारतमा मृत्यु भएको श्रेष्ठलाई नेपालमा ल्याउनसमेत नदिएको बताए ।

उक्त समयमा लुकीछिपी आफूहरूले श्रेष्ठको शव नेपाल ल्याएर पशुपतिमा अन्त्येष्टि गरिएको बताए । उनले भने, ‘आफूहरूले लुकिछिपी भारतबाट शव ल्याउन सफल भयौं तर, भोटाहिटीबाट पशुपतिसम्म लानसमेत लुकिछिपी जान पर्‍यो ।’ उनले अहिले उनै श्रेष्ठको स्मृतिमा एमालेले देशव्यापी कार्यक्रम आयोजना गरिरहेको बताए ।

पुष्पलालको जन्मभूमि रामेछापमा पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार कार्यक्रम गर्न महासचिव शंखर पोखरेल गएको र काठमाडौंमा कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा दिउँसो कार्यक्रम गरिने उनले बताए ।

पूर्वमन्त्री तथा एमाले काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेलले आफ्नो दाइ गंगालाललाई राज्यले मारेपछि पुष्पलालले संगठन निर्माण सुरु गरेको बताए । रगतले मृत्युका लागि हस्ताक्षर गरेर उनले एक्लै संगठन विस्तार सुरु गरेको भन्दै पोखरलेले राणा शासनलाई अन्त्य गर्ने ठुलो आँट गर्ने पुष्पलाल महान व्यक्ति भएको बताए । श्रेष्ठकै नेतृत्वमा काठमाडौंमा पहिलो जनआन्दोलन सुरु गरेको उनले बताए ।

त्यस्तै पूर्वमन्त्री एवं काठमाडौं महानगर इन्चार्ज रामेश्वर फुयालले देशको इन्जिनियरिङ श्रेष्ठले गरेको बताए । विश्वमा आन्दोलन चलिरहेको समयमा नेपालमा राजनीतिक इन्जिनियरिङ गर्ने र देश विकासको परिकल्पना श्रेष्ठले गरेको उनको दाबी छ । श्रेष्ठ जस्तो राजनेता नेपालका कमै भएको उनले बताए । उनले एमालेले पुष्पलालले देखेको सपना र उनले कोरेको राजनीतिक बाटोबाटै अघि बढीरहेको बताए । उनले नेपालको राजनीति मुलत पुष्पलालकै योजनाअनुसार अघि बढी रहेको बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाको पूर्वमेयर विद्यासुन्दर शाक्यले पुष्पलालले नेपालमा कांग्रेसबाट देशको परिवर्तन सम्भव नभएको भन्दै कम्युनिष्ट पार्टी खोल्न ठुलो आँट गरेको बताए । तर, उनको जीवनको उत्तराद्र्धधमा सबैले गाली गरेपनि अहिले सबै कम्युनिष्ट पार्टीले सम्मान गर्ने व्यक्तिको रूपमा स्थापित भएको बताए । व्यक्तिलाई मरणोउप्रान्तभन्दा जीवन कालमै सम्मान गर्नुपर्ने उनले बताए । पुष्पलालकै योजना २०४६ सालको जनआन्दोलन सफल भएको सुनाउँदै शाक्यले श्रेष्ठले अवलम्बन गरेको नीतिहरू आज पनि उत्तिकै सान्र्दभिक र आवश्यक भएको बताए ।

एमाले काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौलाले कम्युनिष्ट पार्टी मात्र समाज परिवर्तनको अगुवा भएको तथ्य स्थापित गरेको बताए । समाज परिवर्तनका लागि पुष्पलालले सारेको योजनाले अहिले पनि आम युवा वर्गमा उर्जा प्रदान गर्ने उल्लेख गरे ।

त्यस्तै काठमाडौं महानगर कमिटी उपाध्यक्ष तथा १८ नम्बर वडाका वडाध्यक्ष न्हुँछेकाजी महर्जनले पुष्पलाल भूमिगत समयमा आफ्नै टोलबस्तीमा लुकेर बसेको स्मरण गरे । आफूहरूले पुष्पलाललगायत अन्य नेताहरूलाई पनि यसरी नै सम्झदै आएको बताए । उनले मदन भन्डारी, मनमोहन अधिकारीलगायत सबै नेताहरूलाई सम्झदै आएको बताए ।

कार्यक्रमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा अन्य पार्टीको नेताहरू उपस्थित रहेका थिए । कार्यक्रमा माधव कुमार प्रधानले श्रद्धाञ्जली गित गाएका थि ।

त्यस्तै काठमाडौं महानगर कमिटी उपाध्यक्ष तथा १८ नम्बर वडाका वडाध्यक्ष न्हुँछेकाजी महर्जनले पुष्पलाल भूमिगत समयमा आफ्नै टोलबस्तीमा लुकेर बसेको स्मरण गरे । आफूहरूले पुष्पलाललगायत अन्य नेताहरूलाई पनि यसरी नै सम्झदै आएको बताए । उनले मदन भन्डारी, मनमोहन अधिकारीलगायत सबै नेताहरूलाई सम्झदै आएको बताए ।

कार्यक्रमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा अन्य पार्टीको नेताहरू उपस्थित रहेका थिए । कार्यक्रमा माधव कुमार प्रधानले श्रद्धाञ्जली गित गाएका थिए ।

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...