जोसंग बन्दुक छैन् उसलाई बन्दुके भनियो : महासचिव विप्लव
Sunday Jul 23, 2023
वि.सं.२०८० साउन ७ आइतवार १९:४६
काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले, पुरानो सत्ता फालेर नयाँ सत्ता निर्माण नभएसम्म जनताको समस्या समाधान नहुने दोहो¥याएका छन् ।
काठमाडौंमा आयोजित वर्तमान सन्र्दभमा पुष्पलाल विषयक अन्र्तक्रियामा उनले राज्य सत्ता परिर्वतन नभएसम्म जनताका समस्या ज्यूँका त्यूँरहने जिकिर गरे ।
उनले भने ‘आर्थिक, राजनीनिक, परिर्वतन किन तल गएन । किन गएन् रु निराशा आयो किन भन्दाखेरी यसको मेन कारण सत्ता हो के । माक्र्सले उठाएको मुख्य पोइन्ट नै सत्तामा जनताको पहुँच सत्ता जनताको हातमा नआएसम्म र यो एउटा प्रणालीमा नढलेसम्म भन्दाखेरी पुरानो सत्तालाई फालेर नयाँ सत्ता स्थापित नभएसम्म त्यो हल हुदैन्।’
आफूसंग बन्दुक नै नभएपनि बन्दुके भन्ने गरिएको उनको टिप्पणी छ ।
‘हामीले नहिच्किचाएर भन्नु पर्छ । पुरानो सत्तालाई फारेर नयाँ सत्ता नआएसम्म कुनै पनि समस्या हल हुदैन् ।
उनले भने माओलाई त अझै बढी गालि गरिएको छ ब्याटल अफ द गन भन्ने नाराबाट ओई बन्दुके भनेर ।’ उनले भने ‘अहिले पनि मलाई यहाँ भनि हाल्नु भो साथिहरुले विप्लव दाईको त अझै बन्दुक प्रति नै मोह छ ।
जोसंग बन्दुक छ त्यहाँ नदेख्ने जोसंग बन्दुक नै छैन् त्यहाँ मोह देख्ने ।’
नेपालमा भएका सबै मान्छे उस्तै हुन्, पार्टी र नेताहरु पनि सबै उस्तै हुन भन्ने सोचले विर्सजनबादतर्फ लैजाने उनको भनाई छ ।
उनले भने ‘नेपालमा भएका सबै मान्छे उस्तै हुन्, पार्टी र नेताहरु पनि सबै उस्तै हुन भन्ने सोचले हामीलाई विसर्जनवादतिर लौजान्छ, त्यो सत्य होईन्, नेपालमा भिजनको प्रयास चलिरहेको छ, कस्ले जित्ने भन्ने विषय चलिरहेको छ।
दलालपुँजीवाद धेरै हुने, साम्राज्यवादले नेपाललाई २१ अँ सताब्दीको उपनिवेश बनाउने, वा नेपाली जनताले जित्ने भनेर एकदम चलिरहेको छ ।’
उनले देशलाई निराशामा जान दिनु हुन्न भन्नेमा सबै नेता एक हुनु पर्ने उनको तर्क छ ।
‘हाम्रो दायित्व भनेको हामीले देशलाई निराशामा जान दिनु हुन्न, हामीले जित्दै आएका छौ, फेरि जित्ने छौ ।
जतिसुकै पीडा सहनु परेपनि न्पाललाई बदल्नु पर्छ, बदलिन्छ पनि, जनता प्रवृत्ति अग्रगामि नै हुन्छ । जनता निराशातिर फस्यो भने एकदिन त्यसले सहि बाटो पैलाउँछ र त्यसले विजय हासिल गर्छ ।’
अझै पनि नेपालका महिला र श्रमीक समुदायको हित हुने काम नभएको उनको भनाई छ ।
‘हामीले जनतालाई अधिकार सम्पन्न गर्नुपर्छ, महिला, श्रमीक समुदाय जस्ता समूहको सत्ता मूल रुपमा बनेको छैन्, त्यसैले उनिहरुको अधिकार सुनिश्चित छैन् र नेपाल अहिलेको हालतमा पुगेको छ। ’
























