CG Electronics
IME Life
Ncell NPL

राष्ट्रिय साइबर सुरक्षा नीतिमाथि छलफल

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । राष्ट्रिय साइवर सुरक्षा नीति २०८० माथी सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । थापागाउँस्थित प्रेसीडेन्सियल बिजनेश स्कुलमा आज विभिन्न सरोकारवाला निकायहरुको उपस्थितिमा छलफल कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रिय साइवर सुरक्षा, सेन्टर फर साईबर सेक्युरिटी रिसर्च एण्ड इन्नोभेशन, एनपी सर्ट र डिजिटल राईट्सको संयुक्त आयोजना साईबर सुरक्षा नीतिमाथिका समस्या चुनौतिका विषयमा छलफल भएको हो ।
सीसीएसआरआईका अध्यक्ष तथा प्रा। डा। शुवर्ण शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डिटिल राईट्स नेपालका सन्तोष सग्देलले कार्यपत्र प्रस्तुत गरेका थिए । छलफल कार्यक्रमका सहभागीहरुले सरकारले जारी गरेको राष्ट्रिय साईबर सुरक्षा नीति सरोकारवालासँग छलफल नै नगरी एकतर्फी रुपमा जारी गरिएकोमा आपत्ति जनाएका थिए ।

उक्त कार्यक्रममा सीएसआरआईका अध्यक्ष तथा प्राध्यापक डाक्टर शुवर्ण शाक्यले आम सरोकारवालाबाट प्राप्त राय सुुझावलाई साइवर सुरक्षा नीति २०८० मा समावेश गर्न आवश्यक पहल गर्ने बताए । साथै उनले सुरक्षा नीतिलाई आमनागरिकको हितलाई ध्यानमा राखेर ल्याउन लागेका बताए ।

त्यस्तै, क्यान महासंघको महासचिव चिरन्जीवी अधिकारीले सरकारले विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्न नसकेको बताए । साथै उनले आफूूहरुले अहिलेसम्म कुनै पनि धर्ना, अनशन, आन्दोलन तथा विरोध प्रदर्शनका कार्यक्रम गरि सरकारलाई दबाव सिर्जना नगरेर सरकारले हेपेको आरोप लगाए । उनले आईटी क्षेत्रमा निजि क्षेत्रको खर्बौै लगानी रहेको बताउँदै सरकारले उचित ध्यान नदिएको गुनासो गरेका छन् । महासचिव अधिकारीले भने, ‘लगानी भनेर केवल नगदलाई मात्रै हेरियो, आईटी क्षेत्रमा लगानी भएको ज्ञान, शिप र समयको कुनै मूल्य दिइएन्, जुन त्रुटीपूर्ण छ ।’ उनले नेपाल सरकारले विभिन्न सफ्टवेयर निर्माणका लागि कृषिमा जसरी ऋण प्रदान गरिन्छ त्यसरी नै सरकारले सहुलियतपूर्ण ऋण प्रदान गरे साइवर सुरक्षाको विकासमा सहयोग पुग्ने बताए ।

आजको साईबर सुरक्षा नीतिमाथिको छलफल कार्यक्रम सि एस आर आईका महासचिव शालिकराम पराजुलीले सञ्चालन गरेका थिए । साथै महासचिव पराजुलीले कन्टेन्ट नियमनको मात्रै उदेश्य हुनसक्ने भन्दै साइबर सुरक्षामा गम्भिर हुन आह्वान गरेका छन् ।

 

कार्यक्रममा भिमध्वज श्रेष्ठले सरकारले जारी गरेको साईबर सुरक्षा नीतिका धेरै विषय नमिलेको टिप्पणी गरेका थिए । त्यस्तै, एनसेलकी सूचना प्रविधि प्रमुख यस्मिन भट्टराईले कार्यक्रममा एनसेलकी सूचना तथा सुरक्षा विभाग प्रमुख एसमीन भट्टराईले नेपाल साइवर सुरक्षामा अन्य देशको तुलनामा निकै कमजोर र पछाडि परेको बताइन् । साथै, उनले साइवर सुरक्षा नीति २०८० ले आम नागरिकसँग साइवर सुरक्षा सम्बन्धी विषयमा जनचेतना फैलाउने कुराको तारिफ गरेकी छन् । साथै उनले इन्टरनेटको गेटवे बल्कमा किनेर वितरण गर्ने कुरा सहजिकरण हो कि नियमन हो रु भन्ने कुरामा स्पष्ट हुनुपर्ने बताईन् । उनले भनिन्, ‘साईबर सुरक्षा भनेको हार्डवयरको सुरक्षा होइन, अभौतिक चिजको सुरक्षाको लागि जनतामा जनचेतना जरुरी छ ।’

कार्यक्रममा नेपाल बैंककी साइबर सुरक्षा विभागकी बन्दना शर्माले साईबर सुरक्षा जनताको लागि जरुरी भएको तर सरकारले नै जनचेतना फैलाउनुपर्ने अवस्था रहेको बताईन् । शर्माले साइबर सुरक्षाको प्यारामिटर छुट्याउन जरुरी भएको बताईन् । उनले क्रिटिकल पूर्वाधारको रुपमा साईबर क्षेत्रको सुरक्षा गर्नुपर्ने बताईन् । बैंक, अस्पताल तथा बीमा कम्पनीहरुको साईबर सुरक्षालाई सरकारले विशेष महत्वदिएर जनताको सम्पत्तिको सुरक्षाको रुपमा लिनुपर्ने सुझाव दिएकी छिन् ।

कार्यक्रमको संयोजन प्रेसीडेन्सियल विजनेश स्कुलका सञ्चालक डा। सुरेश पोखरेलको उपस्थिति रहेको थियो । कार्यक्रममा क्यान महासंघ, प्रेसिडेन्सियल बिजनेश स्कूल, इन्टरनेट गभर्नेन्स इन्टिच्यूट, आईसिटीफ्रेम र बीमापोष्ट पार्टनरको रुपमा सहभागी थिए ।

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि अभियानको आह्वान

कृषि प्रणालीलाई ‘पर्यावरणमैत्री’ बनाउन खाद्यका लागि कृषि...

वि.सं.२०८३ वैशाख ९ बुधवार २२:१०

  काठमाडौं । खाद्यका लागि कृषि अभियानले नेपाल सरकारले हालै...

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री वडा” घोषणा

सर्लाहीको लालबन्दी–३ विश्वकै पहिलो “मर्यादित महिनावारी मैत्री...

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४६

  सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. ३ (जब्दी)...

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट राजीनामा

सुदन गुरुङद्वारा नैतिकताको उदाहरण दिँदै गृहमन्त्री पदबाट...

वि.सं.२०८३ वैशाख ९ बुधवार १४:५४

  काठमाडौं । गृहमन्त्री सुदन गुरुङले आफ्नो पदबाट राजीनामा दिएका...

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन, डा. गुणाकर भट्ट संयोजक

सेबोन अध्यक्ष नियुक्तिका लागि सिफारिश समिति गठन,...

वि.सं.२०८३ वैशाख ९ बुधवार १०:३४

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका...

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम राष्ट्रिय सम्मेलन आयोजना

नुवाकोटको गोल्फु नम्सापुरानमा ‘ग्लान ङारदीम’ उद्घाटनसहित प्रथम...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १८:०९

  काठमाडौं । “भाषा र संस्कृति हाम्रो पहिचान, वंश र...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...