CG Electronics
IME Life
Ncell NPL

सांग्रिला मोटर्सले शुरु गर्‍यो सिट्रोन ई–सी थ्रीको हस्तान्तरण

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित सिट्रोन इ–सि थ्रीको हस्तान्तरण शुरु गरेको छ ।

कम्पनीका अनुसार सिट्रोन इ–सि थ्रीमा २९।२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ । सिट्रोन इ–सि थ्रीको मोटरले जम्मा ६।८ सेकेन्डमा शून्यबाट ६० किलोमीटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ ।

यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ भने रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुईवटा ड्राइभिङ मोड रहेको छ । एआरएआइका अनुसार सिट्रोन इ–सि थ्रीले एक पटकको फुल चार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यो कारलाई रेगुलर ३।३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

साथै, यो डीसी फास्ट चार्जरमा धेरै पटक चार्ज गर्दा पनि ब्याट्रीको जीवनलाई असर नपर्ने कम्पनिले दाबी गरेको छ । कम्पनीले यो कारमा ७ वर्ष वा १ लाख ४० हजार किलोमिटर ब्याट्री प्याकको वारेन्टी दिएको छ । त्यसैगरि यसमा दिएको इलेक्ट्रीक मोटरमा ५ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ ।

कम्पनीका अनुसार सिट्रोन इ–सि थ्री विश्व बजारमा धेरै रुचाइएको कार हो र नेपालमा पनि यसले उस्तै लोकप्रियता पाउने विश्वास कम्पनीले गरेको छ । आफ्नो कार्बन फुटप्रिन्ट घटाउँदै दिगो भविष्यतर्फ अगाडी बढ्न चाहने जोसुकैको लागि सिट्रोन इ–सि थ्री एउटा उपयुक्त रोजाई हो ।

लाइभ भेरियन्टको मूल्य ३२।९९ लाख र फिल भेरियन्टको मूल्य ३४।९९ लाख रहेको सिट्रोन इ–सि थ्री थापाथलीस्थित ‘ला मेजन सिट्रोन’ शोरुममा उपलब्ध छ र बिर्तामोड, इटहरी, विराटनगर, नारायणगढ, बुटवल, पोखरा, नेपालगन्ज, दाङ र धनगढीस्थित शोरुमहरुमा एक सातापछि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

चितवनमा कजारिया रमेश टायल्सको नयाँ शोरुम उद्घाटन

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:३४

  चितवन । कजारिया रमेश टायल्स लिमिटेडले नेपालभर आफ्नो विस्तारलाई...

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

चिरञ्जीवी अधिकारी टेकपाइला इनोभेसनमा एसोसिएट डाइरेक्टर नियुक्त

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:२२

  काठमाडौं । नेपालको सूचना प्रविधि र साइबर सुरक्षाको क्षेत्रका...

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे छलफल

नाडा र वाणिज्य विभागबीच अधिकतम मूल्य स्टिकरबारे...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:१६

  काठमाडौं, बैशाख ८ — नाडा अटोमोवाइल्स एसोसिएशन अफ नेपाल...

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु सार्वजनिक

राफे इन्टरनेशनल नेपालमा आधिकारिक प्रवेश, नयाँ उत्पादनहरु...

वि.सं.२०८३ वैशाख ८ मंगलवार २३:०७

  काठमाडौं । दुवईस्थित राफे इन्टरनेशनल ट्रेडिङ (एलएलसी)का उत्पादनहरू आधिकारिक...

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

पुँजीगत भुक्तानीमा ढिलासुस्ती हटाउन सरकारको नीतिगत सुधार

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:४३

काठमाडौं । विकास निर्माणका काममा लामो समयदेखि देखिँदै आएको भुक्तानी...

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड, सुरक्षित र व्यवस्थित राइड–सेवा सुनिश्चित गर्ने लक्ष्य

डिजिटल मोबिलिटी सेवा सञ्चालनका लागि नयाँ मापदण्ड,...

वि.सं.२०८३ वैशाख ८ मंगलवार १४:३६

  काठमाडौं । सरकारले डिजिटल प्लेटफर्ममार्फत सञ्चालन हुने राइड सेयरिङ...