CG Electronics
IME Life
NIMB

बाँके बस दुर्घटना स् एउटै वडाका पाँच सहित ७ को मृत्यु ,दुईको अवस्था गम्भीर

NIMB
Himalayan Bank

काठमाडौं । बाँकेमा गएराती बस दुर्घटना हुँदा एउटै वडाको पाँच जना सहित सात जनाको मृत्यु भएको छ भने अन्य ३३ यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ठाकुरबाबा ९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारु र बसका चालक जुकबहादुर चन्द र सहचालक रहेका छन् । मृतक पाँच जनाको परिचय खुलेपनि सहचालकको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

दुर्घटनामा अन्य ३३ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको डिएसपी डाँगीले बताए ।
उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट बस तिव्र गतिमा आएकोले दुर्घटना भएको बुझिएको छ । चार जनालाई नेपालगञ्ज नर्सिङ होममा उपचार भैरहेको छ । चार मध्ये दुई जनाको अवस्था गम्भीर छ ।’

दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको ठाकुरबाबा नगरपालिका–९ठाकुरद्वाराको बेतहनी सामुदायिक वन उपभोक्ता समूहको भ्रमण टोली चढेको बस बाँकेको शमशेरगन्ज नजिक रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।

डिएसपी डाँगीका अनुसार घाइते ९ जनाको अवस्था सामान्य छ । दुई जनाको सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ । नेपालगञ्ज नर्सिङ होममा उपचार गराईरहेको चार मध्ये दुईको अवस्था गम्भीर रहेको र आइसियुमा उनीहरुको उपचार भैरहेको प्रहरीले जनाएको छ । बाँकीको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको छ ।

डिएसपी डाँगीले बसमा ४० जना सवार रहेको बताएका छन् । घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

 

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...