CG Electronics
IME Life
NIMB

नेपालको राजनीतिमा नेकपा एसको महत्वपूर्ण स्थान छ : अध्यक्ष नेपाल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले, नेपालको राजनीतिमा एकीकृत समाजवादी पार्टीको महत्वपूर्ण भूमिका रहेको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेकपा एस निकट एकीकृत टे«ड युनियन महासंघ, नेपालद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले सरकार गठनदेखि लिएर राजनीतिक सहमतिका लागि समेत आफ्नो पार्टीको महत्वपूर्ण भूमिका रहने गरेको जिकिर गरे ।

‘हामी अहिले जुन हौं,देशको राजनीतिको कोर्ष नै चेन्ज गर्दिराका छौ । ठूलो भनिएको पार्टी सक्तामा थियो हामीले अहिले अलिकत चेन्ज गर्ने वित्तिकै त्यो सरकार ढल्यो। अर्को सरकार बन्नै सक्दैन भनेका थिए हामीले बनाएर देखाइदियौ । यो बनाएर देखाउने कुरामा कस्ले भूमिका खेल्यो रु’ उनले भने ।

पार्टीको नेताहरुको भूमिका प्रभावकारी भएको तर्क गरे । उनले भने ‘सप्पैलाई ल्याउने काममा हाम्रो पार्टीले भूमिका खेल्यो । यो त आजपनि सबैले स्वीकार गर्छन् । सुन्नुस त भाषणमा, उनीहरुले भनेका अभिव्यक्तिहरुमा । एकीकृत समाजवादीका नेताहरु वास्तवमा महत्वपूर्ण भूमिका निर्वाह गरीरहेका छन्,’ नेपालले भने ।

त्यस्तै राजनीति, संगठन र आन्दोलनालाई अगाडि बढाउनै नसक्ने अवस्था आएपछि तत्कालिन नेकपा एमालेमा केपी शर्मा ओलीको प्रवृतिसँग जुधेर अर्को पार्टी गठन गर्नु परेको दोहोर्याउँदै उनले अहिले पनि आफ्नो पार्टीका लागि एमाले बाधक बन्ने गरेको आरोप लगाए ।

उनले भने, ‘हाम्रो पार्टी अगाडि बढ्ने कुरामा सबभन्दा ठूलो समस्या अहिले को भएको छ रु व्यवहारमा हेर्नुहोस् त कसैले भन्लान कांग्रेस भएको छ, ए कांग्रेस भाछ रु अनि केपी र उस्को पार्टी समस्या नभएर त्यसलाई नपन्छाएर त्यो प्रवृतिका विरुद्धमा नजुधेर न संगठन अगाडि बढ्छ,न राजनीति हाम्रो अगाडि बढ्छ । संगठन,राजनीति र आन्दोलन अगाडि नबढ्ने यथार्थलाई विर्सेर अरु कुरा गरेर चल्ने कुराको कुनै अर्थ छैन ।’

६० जनालाई महासंघमा प्रवेश गराएका उनले पार्टीले भूमिका खेले जस्तै जनताको पक्षमा मजदुरको पक्षमा इमान्दार रुपमा काम गर्न सुझाए । त्यस्तै उनले देशको राजनीतिलाई सहि दिशामा लैजान सरकारले खोजिरहेको बताए ।

‘राजनीतिलाई सहि दिशामा लैजाने भनेको सरकार सहि ढंगले अघि बढ्ने हो । र अहिले सरकार सही ढंगले अघि बढ्न खोजीरहेको छ ।’

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा अभियान

सुनचाँदी क्षेत्रको सुधार : व्यवसायीदेखि उपभोक्तासम्मको साझा...

वि.सं.२०८३ असार २८ आइतवार ०९:३५

  महासङ्घको स्पष्ट मान्यता छ कि मुलुकमा स्थिर सरकार, दूरगामी...

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै : बीमा प्राधिकरण

जोखिममा आधारित पूँजी कार्यान्वयन प्रभावकारी बन्दै :...

वि.सं.२०८३ असार २४ बुधवार २०:५३

  काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रमा जोखिममा आधारित...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...