CG Electronics
IME Life
NIMB

अरे भाई तिमी आदेश दिने को हौ ? : वरिष्ठ उपाध्यक्ष पोखरेल

NIMB
Himalayan Bank

 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, आदेशको भरमा पार्टी नचल्ने टिप्पणी गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित, एमाले ओखलढुंगा काठमाडौं सम्पर्क मञ्चको पार्टी विस्तार तथा सुदृढीकरण विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दैं, उनले पार्टीका निर्णय तल्लो तहसम्म पु¥याउने कुरा प्रभावकारी नभएको र व्यक्तिगत आदेश हाबी भएको तर्क गरे ।

‘फाइफुई लाउने नेताहरु भेटिन सक्छन् । यस्ता नेताहरुको काम छैन् । हामीले मान्छेको मन जित्नु पर्छ भनिरहेका छौं । फाइँफुई लाएर कसरी काम हुन्छ ।’ उनले भने ‘ यो मैले भन्दिँए, यो मैले आदेश दिएँ, अरे यार तिमी आदेश दिने को हौं ?’
त्यस्ते उनले पार्टीका निर्णय कार्यन्वायनमा समस्या देखिएको बताए ।

‘निर्णय एउटा छ तल कुरा पुगेकै छैन् । अनि पार्टी बन्छ कसरी ? पार्टी त हावादारी बन्छ त्यसपछि, अहिले हाम्रो पार्टी हावादारी हावारी जस्तो भको यही कारणले हो । निर्णय माथि एउटा छ त्यो निर्णय तल पुग्दैन् ।’ उनले भने ‘केरामाथि पानी परे जस्तो ट्यार्र पातमाथि पानी पर्छ उता उता जान्छ । जरामा पानी पर्दैन् । यो पाराले पार्टी राम्रो बन्दैन् ।’

अर्को प्रशंगमा उनले सारा विरोधीहरु एकठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गरिरहेको आरोप लगाए ।
उनले भने,‘अहिले पनि हाम्रा अगाडि चुनौतीहरू छन् । आफै भित्रका चुनौती र कमजोरी छन् । र बाहिर पनि शत्रुहरूले मिलेर हामीलाई हमला गर्दैछन् । सारा विरोधीहरु एकठाउँमा जम्मा भएर एमालेलाई सिध्याउने हिसाबले हमला गर्दैछन् । यस बीचमा हाम्रो मेलमिलाप हुनुपर्छ । एक हुनु पर्छ ।’

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...