CG Electronics
IME Life
NIMB

पाँच वर्षदेखि निरन्तर चित्रकला चित्रण, ‘ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रलाई जीवन्त बनाउँदै’ कलाकार

NIMB
Himalayan Bank

 

(सविता नयाँजु/नेपाल न्युज बैक)

काठमाडौं । देशका ख्यातिप्राप्त युवा कलाकारहरु हरेक शनिबार काठमााडौंका विभिन्न ऐतिहासिक तथा पुरातात्विक क्षेत्रमा पुग्छन् । ती सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक धरोहर हेरेर त्यसमै डुब्छन् र त्यसलाई जस्ताको त्यस्तै क्यानभासमा उतार्छन् ।

२५ भन्दाबढी संख्यामा कलाकार झण्डै पाँच वर्षदेखि उपत्यकाका, विभिन्न ठाउँमा पुगेर त्यहाँको ऐतिहासिक सांस्कृतिक तथा पुरातात्विक धरोहर मात्रै नभई प्रकृति र जीवनशैली समेत जीवन्त राख्ने अभियानमा छन् ।
सन् २०१८ सेप्टेम्बर १ देखि सुरु भएको यो खुला चित्र चित्रण कार्यक्रमको पहिलो शनिबार दरबार इस्क्वायरको हनुमानढोका परिषरमा तीन जना कलाकारले चित्र उतारेका थिए । त्यसपछि क्रमश सहभागि कलाकारहरुको संख्या बढ्दै गयो । अहिले यो कार्यशालामा हरेक शनिबार २० देखि २५ जनासम्म सहभागि हुन्छन् । त्यतिमात्रै होइन् विदेशबाट आउने कलाकारले पनि यो कार्यक्रममा सहभागिता जनाउने गरेका छन् ।

यो अभियान आरम्भ गर्दाका एक कलाकार दिवेशमान सिंह प्रधान पाँच वर्षअघिको त्यो दिन सम्झिदै भन्छन् ‘सुरुवातमा जम्मा तीनजना थियौं, त्यसपछि हामी पाटन दरबार इस्क्वायरमा गएर सात जनाले गरेका थियौ । त्यसपछि भक्तपुर दरबार इस्क्वायरमा ११ हुदैँ १९ जना नियमित र अन्य गरेर हरेक शनिबार झण्डै २० —२५ जना कलाकार कला चित्रण गर्दै आज २०२३ अगष्टसम्म आएका छौ ।’

विभिन्न स्थानमा शिरिजकै रुपमा विभिन्न रुपमा चित्रकला चित्रण गर्ने काम गर्दै आएका कलाकारहरुले काठमाडौं, ललितपुर, भक्तपुरका अधिकांस जस्तो ऐतिहासिक र पुरातात्विक क्षेत्रको कला चित्रण गर्दै आएका छन् । ऐतिहासिक, कला, संस्कृति र शिल्पकारिताको अनुपम क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको यो टोलीले पछिल्लो समय सबैखाले क्षेत्रलाई चित्रमा उतार्ने काम गरिहरहेको छ।

शनिबार बागमतीको किनारामा जम्मा भएर चित्राङ्कन गरिरहेका कलाकारहरु विगत आठौं हप्तादेखि बागमती सभ्यता सिरिजको रुपमा काम गरिरहेका छन् । बागमतीले छोएका स्थानहरुमा सुन्दरीजलदेखि जहाँबाट बागमती बगेको छ । ती स्थानहरुमा गएर चित्रकला चित्रण गर्ने काम भइरहेको उनीहरुको भनाई छ।

थापाथलिस्थित कालमोचन घाट परिषरमा चित्र उतार्दै गर्दा भटिएका प्रधानले भने ‘त्यसपछि गोकर्णेश्वर, उत्तरवाहिनी, गुह्यश्वरी, गौरीघाट, सूर्यघाट, आरेघाट, शंखमूलघाट गर्दै आज कालमोचनघाटको परिषरमा बसेर चित्रकला गर्दै छौ । यो घाट हाम्रो इतिहासमा लेखिएको ऐतिहासिक घाट हो । यो स्थानमा शाह वंशीय राजाहरु वित्दा काट्टो खुवाउँने काम पनि गरिन्छ भने जगन्नाथ मन्दीर पनि यही नै रहेको छ । यो कालमोचनघाट र जगन्नाथ मन्दीरलाई हामीले आज केन्द्रीत गरेर चित्रकला चित्रण सञ्चालन भईरहेको छ ।’
त्यस्तै उनीहरुले मुन्सी घाट टेकु दोभानमा पनि चित्रकला चित्रण गर्दैछन् ।
बहुराष्ट्रिय अभियान बन्दै ‘चित्रकला चित्रण’

भदौको दोस्रो शनिबारको कार्यक्रममा भर्चुअल माध्यमबाट नेपाल र अष्ट्रेलियामा संयुक्तरुपमा कार्यशाला भयो । नेपाली समय अुनसार दिउसो साढेँ २ बजे झलक केसीको नेतृत्वमा वेस्टन अष्ट्रेलियाको केनवीच भन्ने स्थानमा पनि कार्यशाला गरिरहेका थिए ।
प्रधानले भने ‘आज नेपाली समय २ ः ३० बजे झलक केसीको नेतृत्वमा वेस्टन अष्ट्रेलियाको केनवीच भन्ने स्थानमा पनि गर्दै हुनुहुन्छ । विदेशमा पनि हामीले केही एउटा स्पेसल एडिशनको रुपमा जस्तै इन्डियाको हिमाञ्चलमा पनि यो काम गरिसकेका छौ । भने दार्जिलिङमा पनि गरिसकेका छौ ।’

त्यस्तै नेपालमा पनि विभिन्न देशका कलाकार आएर उनीहरुको ‘चित्रकला चित्रण’ अभियानमा सहभागि हुने गरेका छन् ।
यही भदौको पहिलो शनिबार भक्तपुरमा इन्डिया चेन्नाईको चोलामण्डल भिलेजबाट आएका ६ जना कलाकार समेत सहभागि भएका थिए । सो खुला कार्यशालामा भारतका ६ सहित ३० जना कलाकारले संयुक्तरुपमा चित्र चित्रण गरे ।

भक्तपुरमा संयुक्तरुपमा कोरिएका चित्र नेपाल कला परिषद्मा समेत प्रदर्शनी भइरहेको छ ।
सुरु सुरुमा हरेक शनिबार फरक फरक ठाउँमा पुगेर चित्र उतार्ने गरिएपनि पछिल्लो समय एउटै ठाउँमा शिरिजमा कला चित्रण भइरहेको छ ।

‘पहिले–पहिले हरेक शनिबार कुनै एक ठाउँमा कला सिर्जना गरिन्थ्यो, त्यसले सबै ठाउँ समेट्न सकिएन, त्यसकारण हामीले एउटै क्षेत्रमा गहिरिएर अध्ययन गरी चित्रकारिता गर्न सिरिज सुरु गरेका हौँ’, अभियानकर्मी दिवेश प्रधानले भने, ‘सिरिजका कारण कला निखार्न, सिकाइ आदानप्रदान गर्न र ऐतिहासिक तथा धार्मिक सम्पदाको अभिलेखीकरणका लागि सहयोग पुग्नेछ ।’
कला कार्यशालामा श्रेष्ठ र प्रधानसहित दीपेन्द्रमान बनेपाली, विक्रम र अर्विट प्रजापति, प्रकाश मानन्धर, दिपीन श्रेष्ठ, राजेन्द्रप्रसाद याकामी, रुविन वादे, झलक केसी, राधेश्याम कर्माचार्य, सूर्यराम सुवाल, कान्छाकाजी भासिमा, लक्ष्मीभक्त भासिमा, चन्द्रा श्रेष्ठलगायत कलाकार सरिक छन् ।

थापाथली पछि, टेकुमा चल्ने यो काम निरन्तर रुपमा अघि बढ्ने कलाकारहरुले बताएका छन्। बागमती शिरिज उपत्यकाभित्र जहाँ जहाँ बागमतीले छोएको छ सम्भव भएको स्थानसम्म चित्र चित्रण गर्ने उनीहरुको तयारी छ ।

‘हामी जलविनायकसम्म पुग्ने छौ । त्यसपछि त्यो भन्दा माथि पनि पुग्ने छौ ।’ प्रधानले भने ‘सम्भव भएसम्म हामी यो बागमती सभ्यता सिरिजको रुपमा यसलाई प्रदर्शनीमा पनि ल्याउनले छौ । पाँच वर्षदेखि गर्दै गर्दा यो चित्रकलाप्रति, कसरी जनमानस सम्म पहुँच बनाउने भनेर जनमानसमै पुगेर यो काम गरिरहेका छौ ।’

कम्तिमा कलालाई हेर्ने आम नागरिकको धारणा परिर्वतन होस् र चित्रको माध्यमबाट ऐतिहासिक धरोहरहरूको संरक्षणमा योगदान गर्न सकियोस् भन्ने हेतुले थालिएको अभियान पहिले फेसबुक अभियान बाट सुरु भएको थियो ।

फेसबुकबाट जोडिएर सुरु गरिएको शनिबारीय कला कार्यशालाको अभियानकै कारण चित्रकारिता छाडेका कलाकार पुनः फर्किएका छन् । नयाँ कलाकारलाई हौसला मिलेको छ भने सिक्ने र सिकाउने क्रम बढेको छ ।

कला कुनै पनि राष्ट्रको चिनारी हो । संस्कृति र सभ्यताको चिनारी हो । कलाको भाषा हुन्न। विश्वसामु मुलुकको पहिचान दिने उपयुक्त माध्यम बनेको कलामार्फत् देशका ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको चित्राङ्कन गर्ने अभियान साँच्चै भोलिका पुस्ताको लागि पनि प्रेरणादायी काम हो । तर कलाको खानी भएर पनि नेपाली ठाउँहरुको प्रचार प्रसार र कलाकारको हितमा सरकारले यथोचित काम गर्न नसकेको कलाकारहरुको गुनासो छ ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...