CG Electronics
IME Life
NIMB

सैनिक महाविद्यालयमा स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन

NIMB
Himalayan Bank

 

काठमाडौं । भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयले विद्यार्थी, ओलम्पियन,तथा म्याराथनमा अन्तराष्ट्रिय पदक जितेका खेलाडिको सहभागितामा स्कुल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ ।

बिहीबार नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियन,अन्य खेलाडीले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका छन् ।
कार्यक्रममा विद्यार्थीहरुले खेलकुद र अध्ययनलाई सँगै बढाउने, नेपाली खेल क्षेत्रको अवस्था र भविष्य लगायतका विविध पक्षमा सहभागी अनुभवि खेलाडिसँग जिग्ज्ञासा राखे ।

उनीहरुको जिग्ज्ञासामा ओलम्पियन दीपक विष्टले समयको उचित व्यवस्थापन गर्न सके अध्ययन खेललाई विद्यार्थीले सँगै लैजान सक्ने बताएका छन् ।

गोलकिपर विकेश कुशेले फुटबलमा खेलेर पनि बाँच्ने अवस्था रहेको जानकारी गराए । एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठले अन्तर्राष्ट्रिय सफलताका लागि खेलाडीले चाहेर मात्र नहुने सरकारले प्रशिक्षण र वातावरण पनि निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा ५० वर्षअघि नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदकका रुपमा एसियन ट्याक एन्ड फिल्ड म्याराथनमा कास्य पदक जितेको जीतबहादुर केसी, नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठ,ओलम्पियन विष्णुबहादुर सिंह, ओलम्पियन्स संघका अध्यक्ष एवंम् कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव राजेन्द्र भण्डारी, ओलम्पियन सरस्वती चौधरी र १२ औँ र १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० फुटबलका स्वर्ण पदक विजेता गोलकिपर विकेश कुथेले विधार्थीहरुलाई आफ्नो खेल जीवनको सुरुवात, सफलता, असफलता, खेलाडीप्रति समाजको दृष्टिकोणका लगायतका विविध पक्षमा चर्चा गरे ।

कार्यक्रममा महाविद्यालयका विधार्थीहरुले नृत्यका साथै तेक्वान्दो खेलको प्रदर्शन गरेका थिए । ओलम्पियन संघको सहकार्यमा यसअघि काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुल, कीर्तिपुरको एपिएफ स्कुल, खेलकुद विकास परिषद्ले कर्णालीले सुर्खेत र जुम्लामा, सुदूरपश्चिमले धनगढी र भिमदत्त नगरपालिकामा, कोशीको इटहरी र लुम्बिनीको सिद्धार्थनगरमा स्कुल टु ओलम्पिक कार्यक्रम सञ्चालन भैसकेका छन् ।

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन प्रधानमन्त्री शाहको सुझाव

अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति लचिलो बनाउन...

वि.सं.२०८३ साउन १ शुक्रवार ००:५३

  काठमाडौं। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकको अर्थतन्त्रलाई थप चलायमान,...

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक आदिवासी जनजाति आयोगका अध्यक्ष थापा जोड

ज्ञान उत्पादन र उपभोग दुवै बढाउन आवश्यक...

वि.सं.२०८३ असार ३० मंगलवार २२:०९

  काठमाडौं । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...